|

एम्स उच्च माबि बुटवलद्धारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत

बिनोद परियार,बुटवल ,मंसिर २२- एम्स उच्च माबि बुटवलमा कक्षा ११ मा नवआगन्तुक बिद्यार्थीहरुलाई कक्षा १२ का बिद्यार्थीहरुले आज एक समारोहका बिच बिद्यालयमा स्वागत गरेका छन् ।

कक्षा १२ की छात्रा सारिका शर्माको अध्यक्षता तथा कलेजका प्राचार्य गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उच्च माबिका प्राचार्य डिबि रायमाझि,दश जोड दुइ संयोजक मिलनलाल मानन्धर,उच्च माबिका कार्यक्रम संयोजक दीपक ढकाल, सुरेन्द्र ज्ञवाली, बिद्यार्थी एकता सारु, किसन कडेल, सन्ध्या श्रेष्ठ,लगायतले बोल्दै नब आगन्तुक बिद्यार्थीहरुको उज्ववल भबिष्यको कामना गरेका थिए । बार्षिक पुरस्कार बितरण तथा बिभिन्न सांस्कृतिक गित तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन बिद्यार्थीद्वय रेजुना श्रेष्ठ र आशिस सुबेदी आंशुकल्पितले गर्नुभएको थियो ।

यसैगरि रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम आज सम्पन्न भएको छ । सो अवसरमा कक्षा ११ मा आएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विदाई गरिएको थियो । कक्षा १२ का विद्यार्थी ललिता भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख मोहनराज शर्मा, सहायक क्याम्पस प्रमुख आनन्दप्रसाद पाण्डेय, प्लस टु संयोजक बाबुराम भण्डारी, विभिन्न विषयका प्राध्यापक तथा विद्यार्थीहरुले मन्तव्य व्यक्त गरेका थिए । राजेश वि.क. को संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले कविता, गजल, चुट्किला, प्रहसन लगायत साास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस्तै मेडिटेक नर्सिङ्ग कलेज मणिग्रममा नव आगन्तुक विधार्थीहरुलाइ पी.सी.एल. दोस्रो र तेस्रो वर्षमा अध्यनरत विधार्थीहरुले एक कार्यक्रमकासाथ स्वागत गरेका छन । कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सीपल चित्रा गुरुङले गर्नु भएको थियो । कार्यक्रममा  कलेजका म्यानेजिङ डाइरेक्टर गोविन्द खनाल, गणेश ज्ञवाली, डा.गोपाल ज्ञवाली, डा.ऋषिकान्त अर्याल, डा.सतिष रुपाखेती, डा.शुदर्शन थापा तथा मेडिटेक नर्सिङ्ग कलेजका संचालक पुरुषोत्तम घिमीरे लगायतले नवआगन्तुक विद्यार्थीलाइ स्वागत गर्नु भएको थियो ।

Posted by Butwalonline on 7:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एम्स उच्च माबि बुटवलद्धारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत "

Leave a reply