जनजाति महासंघ जिल्ला परिषद्,रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन बुटवलमा
बुटवल २६ फागुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला मिन्वय परिषद्,रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन भोली (आइतवार) बुटवलमा हुंने भएको छ । अधिवेशनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महासंघका उपाध्यक्ष लिला गुरुङले जानकारी दिनु भयो ।
बुटवल ६ आर्दशनगरस्थित थकाली सेवा समितिको सभा हलमा विहान ९ बजे शुरु हुंने अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले उद्घाटन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष गुरुङले बताउंनु भयो । दश ओटा एकल जातीय संगठनका प्रतिनिधिहरुको सहभागिता रहने अधिवेशनले तीन वर्षका लागि महासंघको नयां नेतृत्व समेत चयन गर्नेछ । महासंघका अध्यक्षका लागि पूर्व कोषाध्यक्ष दलबहादुर छन्त्याल र युवा उद्योगी शान्ताराम चौधरीको नाम चर्चामा रहेको छ ।
