नव निर्वाचित होटल तथा रेष्टुरण्ट व्यवसायी संघका पदाधिकारीहरु सम्मानित
बुटवल, फागन २६ - होटल व्वसायी महासंघ नेपालका केन्द्रीय महासचिव हिराध्वज शाहले विशेष योजना बनायर व्वसायीहरुको हकहितका लागि महासंघलाई अगाडि बढाउने बताउनुभयो ।उहाँले संगठन विस्तार र आर्थिक संकलनमा जोड दिदै महासंघ बलियो बनाएर जिल्ला शाखाहरुलाई सवृद्वउँदै अगाडि बढ्ने बताउनुभयो ।
हालै नेपालगञ्जमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रुन्देहीका पदाधिकारी तथा सदस्यहरुलाई होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सम्मान तथा स््वागत कार्यक्रममा केन्द्रीय महासचिव शाहले होटल व्वसायी पर्यटन व्यवसायी भएकाले राज्यले हेर्ने दृष्टीकोणमा परिवर्तन गराई होटल व्वसायलाई नमुना व्यवसायको रुपमा स्थापित गर्दै लगिने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित केन्दीय सदस्यद्वय देवीकुमार श्रेष्ठ र लालबहादुर के.सीले सम्मानले जिम्मेवारी बढेको भन्दै रुपन्देहीका व्यवासायीको हकहितका लागि आफुहरुले महासंघमा रहेर पहल गर्ने प्रतिवद्वता जनाउनुभयो ।
संघका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोदनाथ वेलवासे महासचिव समुन्द्र जी.सी, सह– कोषाध्यक्ष विष्णु न्यौपाने, प्रेस सल्लाहाकार यमलाल भुसाल, कार्यसमिति सदस्य निर्मला श्रेष्ठ, राप्रसाद गौतम, प्रकाश न्यौपाने, लेखनाथ भण्डारी, इटाभट्टी टोल समितिसंयोजक नन्दलाल पोखरेल, ट्राफिकचोक टोल समिति संयोजक उमनाथ घिमिरेलयागतले सरकारी तथा सरकारमा पह’ँच बढाउन र पर्यटकीय क्षेत्रको विकासका लागि राज्यसंग वजेट विनियोजीत महासंघ लाग्नु पर्ने धारणा राख्नुभएके थियो ।