देश शैनिकीकरण तर्फ जान लागेको छ - अध्यक्ष केसीले
बुटवल, २६ फागुन – राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देश विस्तारै शैनिकीकरण तर्फ जान लागेको बताउनु भएको छ । राजनैतिक दलको अलोकतान्त्रीक व्यवहारको अन्तिम असर भनेको देश शैनिकरण तर्फ जाने भन्दै उनले अवको देश ‘जय गौरव समशेर’ भएको बताएका हुन ।
पछिल्लो समयमा स्वतन्त्र न्यापालिका सिद्ध्उने खेल भएको तथा अन्तरिम संविधामा नभएको कुरा गर्दै जानु तथा गैरनेपालीलाई नेपाली नागरिकता दिने प्रयास नेपालका ठुला राजनैतिक दलहरुले गरेको भन्दै यसको अन्तीम परिमाण देश शैनिकीकरण भएको उहको दावि थियो ।
उनले अन्तरिम संविधानमा समेत व्यवस्था नभएको प्रधानन्याधिष नेतृत्वको सरकार गठन नहुने ठकुवा गर्दे नेता केसीले सरकार गठन भएपनि खिलानाथ रेग्मीले चुनाव गराउन नसक्ने बताउनु भयो ।
चुनावी सकारको नेतृत्व राजनैतिक दलहरुबाटै हुनुपर्ने भन्दै उहाले राजनैतिक दलहरुबाट के प्रधानमन्त्री हुने मान्छे नै छैन ? भनि प्रतिप्रश्न समेत गरे ।
शनिवार रिपोर्टस क्लव लुम्बिनीले अयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले देश विस्तारै अलोकतान्त्रीक दिशातर्फ उन्नमुख भएको भन्दै ठुला दलहरुले न्यायपालिका मात्र आक्रमण गरी सिद्धाउने प्रयास भईहरको समेत बताउनु भएको थियो । न्यायापालिका विदेशीहरुको आखाको कसिङ्गगर बनेको समयमा धमिलो पानीमा माछा मार्ने काम भएको समेत भनाई थियो ।
वि.स.२०६४ सालको मतदाता नामावली निर्देशीका व्युताएर फेरी पनि लाखौ भारतिय तथा गैर नेपाली नागरिकलाई नागरिता दिने प्रयास भएको भन्दै नेता केसीले निर्दलियता तर्फ विस्तारै देश लागेको समेत उनको भनाई थियो । कार्यक्रम रिपोर्टस क्लवका लुम्बिनीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता तथा पत्रकार तेजेन्द्र के.सीको सञ्चालनमा भएको थियो ।