|

नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको नवनिर्वाचित कार्यसमितिको पदस्थापना सम्पन्न

बुटवल,फागुन २६ नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखा बुटवलको आठौ अधिवेशनबाट हालै नवनिर्वाचित कार्यसमितिको पदस्थापना शनिबार बुटवलमा सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष रामप्रसाद खरेलले नवनिवाचित अध्यक्ष सुनिल श्रेष्ठलाई संघको माइन्युट बुक हस्तान्तरण गरी पदस्थापन गरिएको हो ।

सो अवसरमा बोल्दै पूर्व अध्यक्ष एंव सल्लाहकार डा.राहितारज क्षेत्रीले औषधिको मुल्यमा एकरुपता नहुनाले सेवा ग्राहीलाई मर्का परेको बताउनु भयो । उहाले राज्यले सहि अनुगमन गर्न सिमा क्षेत्रबाट गुणस्तर हिन केही ओषधी आएको रोक्नको लगाी पहल गर्नुपर्ने बताउनु भयो त्यसैगरी जहवालाल न्यौपाने, बैकुण्ठ कोइराला,संघका परामर्शदाता ढुण्डीराज पौडेल,सुरज भट्टराई,निर्वाचन सदस्य णकृष्ण भट्टराई निर्वाचन आयोग प्रमुख डा. ईश्वर गौतम लगायतका बक्ताहरुले बोल्दै औषधि व्यवसायी लुम्बिनी अञ्चल शाखा मुलुकको उत्कृष्ट शाखा भएकोमा गौरव प्रकट गरेका गर्नु भएको थियो

Posted by Butwalonline on 6:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको नवनिर्वाचित कार्यसमितिको पदस्थापना सम्पन्न"

Leave a reply