प्रौढ समाज बुटवलको आठौं बार्षिक साधारण सभा सम्पन्न
लक्ष्मण पोखरेल,बुटवल,फागुन २६ - नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले इमान्दारिता र दुरदृष्टिको अभावले गर्दा नेपालको विकास निर्माणका काम प्रभावित भएको बताउनुभएको छ इमान्दारिता र दुरदृष्टि नहुनुकै कारण नेपालका विकास निर्माण प्रभावित भएको उहा“को भनाइ छ ।
प्रौढ समाज बुटवलको आठौं बार्षिक साधारण सभा तथा सामाजिक संस्कार भवन समुद्घाटनलाई सम्बोधन गर्दै उहा“ले यस्तो बताउनुभएको हो । मुख्यसचिव पौडेलले मुलुकको आर्थिक र सामाजिक विकासका लागि देशकै स्रोतसाधनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो । “स्थानीय स्रोत साधनको उपयोग गरेमात्रै समाज विकासको गतिलाई अघि बढाउन सकिन्छ”–उहा“को भनाई छ ।
मुख्य सचिव पौडेलले युवा शक्तिलाई विदेशमा पलायन हुनुबाट जोगाएमात्रै पनि देशको विकास हुने बताउनुभयो । ‘हाम्रो समाजमा केहि यस्ता संस्कार छन’ उहाले भन्नुभयो –‘ विकासका लागि त्यो पनि सुधार हुनुपर्छ ।’उहा“ले कालिगण्डकी ए जलविद्युत आयोजनाको मर्मतको काम सकिएकाले आउदो सोमबारदेखि लोडसेडिङ दैनिक दुई घण्टा कम हुने जानकारी पनि दिनुभयो ।
मुख्य सचिव पौडेलले आफू लुम्बिनी अञ्चलकै बासिन्दा भएकाले यस क्षेत्रको विकासका लागि सधै प्रतिवद्ध रहेको बताउनुभयो । समाजका अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर पोखरेल, पुर्व सभासद नेत्र पन्थी, सूर्यप्रसाद प्रधान,उद्योगी नवराज श्रेष्ठ लगायतले बोल्नुभएको थियो । सो अवसरमा भवन निर्माणको लागि सहयोग गरेका चन्दादाता र बृद्धाहरुलाई सम्मान गरिएको थियो ।