अभिभावकका निम्ति एक दिने अभिभावक सचेतना तालिम सम्पन्न
देवदह ,१३ माघ-देवदह स्थित सगरमाथा आवासीय उच्च मा.वि.मा कक्षा एक र दुईमा अध्ययन गर्ने अभिभावकका निम्ति एक दिने अभिभावक सचेतना तालिम सम्पन्न भयो । तालिमको सहजीकरण जेनेसिस म्यानेजमेन्ट तथा रिसर्च सेन्टरका प्रबन्ध निर्देशक रामप्रसाद पाण्डेले गर्नु भयो ।
तालिममा स्वर्णीम सगरमाथा कलेजका अध्यक्ष नमराज पुरीले प्रमुख अतिथिको रुपमा बोल्दै बालबालिकाको चौतर्फी विकासका निम्ति अभिभावकको महत्वपूर्ण भूमिका हुने हु“दा उक्त भूमिकाकोबारेमा विद्यालयले यस्तो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै सगरमाथाले नर्सरी देखि स्नातक सम्म अध्ययन गर्ने विद्यार्थी तथा अभिभावकलाई यस्ता कार्यक्रम गर्दै समाजमा नमुना बन्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य कृष्ण पौडेलले वालवालिकालाई २१औं सताब्दीको शिक्षा दिंदै रुपान्तरण गर्नका लागि सर्वप्रथम अभिभावक र शिक्षकमा रुपान्तरण आउनु पर्ने भएकोले आफुले नियमित रुपमा यस्तो कार्यक्रम गरेको बताउनु भयो । रेडियो देवदहका स्टेशन म्यानेजेर यम रानाले विद्यालयले अभिभावकको जीवन शैलीमा परिवर्तन ल्याई बालबालिकाको शिक्षामा परिवर्तन ल्याउने जस्तो महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्नु भयो ।
कक्षा एक र दुईमा अध्ययन गर्ने विद्यार्थीका करीब १ सय १० जना अभिभावकको उक्त कार्यक्रममा सहभागिता थियो । विद्यालयले गत माघ ९ गते देखि सबै प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरुलाई यस्तै तालिम दिएको छ । उक्त कार्यक्रमको संञ्चालन सह–प्राचार्य लेखनाथ काफ्लेले गर्नुभएको थियो ।
