|

नवलपरासीको तुरीया खोलामा झोलुंगे पुल निर्माण कार्य शुरु

वृजराज कुशवाहा माघ १३-नवलपरासीको शुक्रौली गाँउ बिकास समितिमा रहेको तुरीया खोलामा झोलुंगे पुल निर्माण कार्य शुरु भएको छ । स्थानीयबासीको लामो प्रयास पछि पुल निर्माणको कार्य शुरु भएको निर्माण समितिको सचिव रामनरेश यादवले  बताए  ।

जिल्ला बिकास समितिको ८ लाख ८० हजार, शुक्रौली गाबिसको ८३ हजार, हेल्बीटास नेपालको पुल निर्माण समाग्री, हिकोडेफको प्रबिधिक सहयोग र स्थानीय उपभोक्ता समितिको ७१ हजार बराबरको जन श्रमदान गरी जम्मा ३७ लाखको लागतमा पुल निर्माण कार्य शुरु गरीएको पुलको ६१ मिटर लम्बाई र डेढ मिटर चौडाई रहने निर्माण समितिले जनाएको छ । पुल निर्माण पछि खोला तर्ने समस्या भोग्दै आएका शुक्रौली, बन्झरीया, हकुई लगायतका स्थानीयबासी लाभान्बित हुने बताईएको छ । खास गरी स्कुले बिद्यर्थिहरुलाई पुल निर्माण भएपछि बिद्यालय आउन जान निकै सहज हुने भएको  छ ।

Posted by Butwalonline on 6:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीको तुरीया खोलामा झोलुंगे पुल निर्माण कार्य शुरु"

Leave a reply