कपिलबस्तु महोत्सबमा कृषि उपज स्टलमा दर्शकहरुको भीड
कपिलवस्तु, १३ माघ-कपिलवस्तुको जीतपु्रमा आयोजित चौथो औद्योगिक महोत्सवमा कृषि कार्यालयले राखेको कृषि उपजहरुको स्टलमा दर्शकहरुको भीड लाग्ने गरेको छ । सो स्टलमा अगुवा कृषकहरुले उत्पादन गरेको तरकारी, अन्नबाली, फलफुल, आईपिएम प्रबिधिमा उत्पादीत तरकारीहरुको मेलामाअ आएका दर्शकहरुले बिशेषरुचीपर्वक हेर्ने र सोध्ने गरेका छन् ।
सो स्टलमा ५ केजी देखि १५ केजी सम्मका लौकाहरु, मुला, हरियो केराउ, ओल, तरुल, कन्ने च्याउ, सलगम, धान, कुर्सानी, फर्सी, केरा लगायतका उपजहरु प्रर्दशन एवं बिक्रीका लागि राखिएका छन् । स्टलमा कृषि संबन्धी रुची राख्ने दर्शकहरु आउने र बिभिन्न जानकारी लिन गरेको कषि कायाृलयका प्रमखु खुस्र्रेद अहमद खाँले बताउनु भयो । स्टलमा राखिएका तरकारी र अन्य उपजहरु धमाधम बिक्री समेत भईरहेको उहाँले बताउनु भयो ।उत्कृष्ट अगुवा कृषकलाई पुरस्कृत गरिने मेला आयोजकले जनाएको छ ।
