|

धार्मिक सहीष्सुणतामा जोड

कपिलवस्तु, १३ माघ-सबै धर्मको उद्देश्य मानव कल्याण नै भएकोले समाजमा धार्मिक सहीष्सुणता कायम गर्नु पर्नेमा बिभिन्न धर्मका धार्मिक गुरुहरुले जोड दिएका छन् । एकले अर्कोको धर्मलाई सम्मान गरी त्यसलाई मानव कल्याण तर्फ प्रेरित गुर्न पर्ने उनीहरुको भनाई थियो ।

तौलिहवामा ईस्लामिक सघद्धारा आयोजित बिभिन्न धर्ममा सत्य ईश्वरको अवधारणा बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो धारण ब्यक्त गरेको हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरले समाजमा भाईचारा, साप्रदायिकता कायम गर्नका लागि धर्मगुरुहरुको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । नेपाल धर्म निरीपेक्ष देश रहेको उल्लेख गर्दै उहाले धर्मलाई मानव कल्याणको पक्षमा लगाउनु पर्ने बताउनु भयो ।

नजफल हसनको अध्यता, असहद कमालको संचालनमा भएको कार्यक्रममा भारतका  ईस्लामिक धर्म गुरु मसर्रफ परवेज, मोहसीन निसाद, बौद्धमार्गी तेज कुमार बौद्धाचार्य, फणिनारायण सिंगदेल, बिशंभरना शुक्ल लगायतले मन्तबय दिनु भएको थियो ।

Posted by Butwalonline on 6:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धार्मिक सहीष्सुणतामा जोड"

Leave a reply