|

ग्रमीण सडकका स्थानीय समितिलाई सशक्त बनाईने

किरणमान बज्राचार्य,कपिलवसतु, १३ माघ-ग्रामीण सडक तथा पहुच सुधार कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सडक र पुल पुलेसाहरुमा मापदण्डक र स्तरीय काम संपन्न गर्नका लागि स्थानीय स्तरमा गठीत तीन समितिलाई अझ सक्रिय गराईने भएको छ । ती कार्यहरुलाई पारदर्शी, परिणममुखी र जवाफदेहिता मुलक बनाउनका लागि तिनीहरुलाई थप सशक्त बनाईने भएको हो ।

स्काई समाज नेपाल तथा माउन्ट एभरेष्ट संस्थाद्धारा ग्रामीण सडक सुधार कार्यक्रम अन्र्तगत सरोकारवालाहरुको अन्र्तक्रिया कार्यक्रममा स्काई नेपालका कार्यकारी निर्देशक बिनोद पन्तले सो जानकारी गराउनु भएको हो । उहा अनुसार समुदायमा आधारित संस्थाहरुको क्षमता अभिबृद्धि र अपनत्व जगाउनका लागि उनीहरुलाई त्यस तालिम दिईने छ । गाँउ सडक समन्वय समिति, स्थानीय सडक उपभोक्ता समिति र गुनासो समन्य समितिका सदस्यहरुलाई जवाफदहीता, पारदर्शीता सहीत सडकमा गुणस्तरीयता कायम गराउनका लागि केही प्राबिधिका कुरा समेत बताईने उहाँले जानकारी दिनु भयो ।

ग्रामीण सडक पहुच सुधार कार्यक्रम अन्र्तगत जिल्लामा जहदी– बिकुली– कोपवा ११ दशमलव २ किमि, दोहनी– तितिर्खीमा दुई ब्लकमा सडकमा ओटाशील प्रबिधिमा सडक निर्माण तथा ईमिलिया– महाराजगंज– हर्दौना सडक खण्डमा ४० मिटर स्पामको पुल, दुई झलुङे पुल बनिरहेको आरआईडिईपीका प्लानिङ अफिसर हुमनाथ खनालले बताउनु भयो । उहाँले सो सडकहरुको आयु ५ देखि ७ बर्ष र त्यसमा १० टन सम्म क्षमताको गाडीहरु हिडनु पर्ने भए पनि जथाभावी टिप्पर, ट्रकहरु चलाईदा सडक चाडै बिग्रिने गरेको बताउनु भयो । सो सकडकको मर्मत संभारका लागि दातृ निकाय बिश्व बैंकले रकम नछुट्टाउने र जिबिससंग बजेटको अभाव हुने, निर्माण ब्यवसायीले एक बर्ष सम्म सडकमको मर्मत गर्नु पर्ने प्रावधान भए पनि  त्यस अनुसार नगरिदा  समस्या हुने गरेको उहाँले बताउनु भयो ।

सो अवसरमा स्थानीय सडक समितिका सदस्यहरुले जग्गा दिदा स– सानो कुराका लागि पनि निकै झंझट ब्यहोर्न परेको गुनासो गरेको थिए । दुई बर्ष अघि निर्माण भएको पकडी चाकरचौडा सडकको अवस्था निकै जर्जर भएकेले त्यसलाई पुन निर्माण गरिनु पर्ने उनीहरुले माग गरेका थिए ।

सो अवसरमा निमित्त स्थानीय बिकास अधिकारी शिवमान श्रेष्ठ, जिबिसका योजना अधिकृत दिपेन्द्र रेग्मी लगायतले सो सडकमा स्थानीय समुदायले समन्वय,सहभागीता, प्रगति र उपलब्धीलाई बढाउनु पर्ने बताउनु भएको थियो ।

Posted by Butwalonline on 6:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्रमीण सडकका स्थानीय समितिलाई सशक्त बनाईने"

Leave a reply