|

तिलौराकोटस्थित उत्तरी सुरक्षा किल्लाको उत्खनन हुने

किरणमान बज्राचार्य,कपिलवस्तु, १३ माघ,प्राचिन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा उत्खनन हुने भएको छ ।
बेलायतको दरहाम बिश्व बिद्यालय, पुराततव बिभाग र लुम्बिनी बिकास कोषको संयुक्त टोलीले पाँच बर्षे परियोजना अन्र्तगत तिलौराकोट दरबारको कोटियामाईको उत्तर तर्फको सुरक्षा किल्लाको उत्खनन र संरक्षण गर्ने भएको हो । गत बर्ष तिलौराकोटको दक्षिण तर्फ रहेको लोहर्सरिया स्तुपको उत्खनन संपन्न गरेको सो टोलीले दास्रो बर्ष सो क्षेत्रको उत्खनन गर्न लागको हो ।

तिलौराकोटमा आयोजित कपिलवस्तु उत्खनन परियोजना बारे जनकारी दिदै दुरहाम बिश्व बिद्यायका उप कुलपति प्रोफेसर कनिङ्घमले सो कुरा बताउनु भएको हो । उहाँ अनुसार उत्खनन कार्य आगामी फरवरी ३ तारेख देखि मार्च १ तारेख सम्म चल्ने छ । उत्खननमा नौ जनाको शिशेषज्ञ टोली रहेने छ । यो क्षेत्रको उत्खननले भारतले आफनो देशमा रहेको पिप्रहवा नै कपिलवस्तु  हो भन्ने दाबी गरीरहेको बेला सो बिवादलाई अन्त्य गर्न मद्दत मिल्ने बताउनु भयो । तीन बर्ष लुम्बिनीमा उत्खनन गरी कपिलवस्तु आएको सो टोलका सदस्य प्रो.कनिङघमले कपिलवस्तुको ऐतिहासिक  रहस्यहरुक्रमशm खूल्दै जाने बिश्वास ब्यक्तल गर्नु भयो ।

सोही अवसरमा उत्खनन टोलीका संयोजक कोष प्रसाद आचार्यले यो उत्खननले कालक्रम निर्धारण गर्ने र सहीढंगले निष्कर्ष दिने बिश्वास ब्यक्त गर्नु भयो । देवला मित्रले बिवादीत बनाएको कुरालाई यस्ले चिर्ने तथा छैठो र सातौ शताब्दीका कुराहरु बाहिर आउने बताउनु भयो । माटो ढिस्को, रुखहरु मात्र हेरेर फर्कने गरेको पर्यटकहरुलाई  तिलौराकोट  प्राचिन शहरहरुको अनुभुति दिनेरुपमा बिकसति गरिने उहाले बताउनु भयो । गत बर्ष लोहसरिया स्तुपको उत्खननमा चौथो सताबदीमा फलामलाई गोर सामान बनाईने गरेको कुरा फेला परेकोले अहिलेको उत्खननमा आफुहरु निकै उत्साहित बनेको उहाले बताउनु भयो ।

टोलीमा संयोजक आचार्य, दुरहा बिश्प बिद्यालयका मार्क मैनल, जेनिफर टेम्बेली, क्रिस्टीफोर डेबिस, बरिष्ठ पुराततवबिद बसन्त बिडारी, पुरातत्व अधिकृत कृष्ण केसी, राम बहादुर कुवर लगायत नौ जना रहेका छन् ।प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रय सदस्य दीप कुमार उपाध्याय, बसन्त बिडारी, जिबिस योजना अधिकृत दीपेन्द्र रेगमी, तेज कुमार बौद्धाचार्य, मनोज पौडेल, राजेन्द्र पाण्डेय, राजु प्रासद अर्यालल लगायतले ऐतिहासिक कपिलवस्तुको बिकासका लागि एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

Posted by Butwalonline on 6:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तिलौराकोटस्थित उत्तरी सुरक्षा किल्लाको उत्खनन हुने"

Leave a reply