नेपाल परिवार दलले रुपन्देहीमा भातृसंगठन गठन
बिनोद परियार,रुपन्देही,१३ माघ । नेपाल परिवार दलले रुपन्देहीमा भातृसंगठन गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य रामप्रसाद ज्ञवालीको रोहवरमा जिल्ला भातृसंगठन गठन गरिएको सो पार्टीले जनाएको छ ।
प्रेम नेपालीको संयोजकत्वमा नेपाल युवा शान्ति बल,राधिका भुषालको संयोजकत्वमा नेपाल विद्यार्थी परिवार,जानकी घिमिरेको संयोजकत्वमा नेपाल महिला परिवार र नेत्रलाल रानाको संयोजकत्वमा नेपाल किसान परिवार गठन गरेको हो । सो अवसरमा बोल्दै केन्द्रिय सदस्यद्धय राम प्रसाद ज्ञवाली र श्यामप्रसाद अधिकारीले अग्रपन्थीको लोकतन्त्र आफ्नो पार्टीको निति रहेको बताउनुभएको थियो । रुपन्देही अध्यक्ष तिला बगाले पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही उपाध्यक्ष राम बहादुर विश्वकर्मा,लोक बहादुर गिरी लगायतले बोल्नुभएको थियो । ले नेपालीहरुको भावना अनुसार पार्टीहरु चल्न नसकेको बताउदै परिवार दलले भातृसंगठन विस्तार गरेको बताउनुभयो । सहकारी तथा गरिवि निवारण मन्त्रि एकनाथ ढकालले परिवार दलको नेतृत्व गर्नुभएको छ ।
