|

रेस्सो खेल महोत्वस शुरु

बिनोद परियार,रूपन्देही,१३ माघ । बुटवल पश्चिमका निजि विद्यालयहरुको संगठन रेस्सोको आयोजनामा शनिबारदेखि दोस्रो रेस्सो खेल महोत्सव  शुरु भएको छ । रुपन्देहीको गजेडी स्थित  न्यू त्रिभुवन इंगलिस बोडिर्ङ स्कुलामा एक समारोहका विच खेल महोत्सवको उद्घाटन गरिएको हो ।

बुटवल पश्चिमका नौ निजि  विद्यालय आबद्ध रेस्सोको पहिलो दिन महिला शिक्षकहरु विच चियर रेस र विद्यार्थी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मशिला शिक्षिका चियर रेसमा ज्ञानपुञ्ज बोर्डिङ स्कुल बुटवल १३ नहपुरकी  ईन्द्रा गुरुङ प्रथम,न्यू त्रिभुवन बोर्डिङकी अन्जना परियार दोस्रो र सिद्धार्थ बोर्डिङ रामापुरकी विना उपाध्याय तेस्रो हुनुभएको छ । यस्तै विद्यार्थी चित्रकला प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङका राहुल बराल सर्वोत्कृष्ट,न्यू त्रिभुवन बोर्डिङका सन्देश सुनार प्रथम,सिद्धार्थ बोर्डिङका नवराज श्रेष्ठ दोस्रो र एभरसाईनिङका सृजना सुनार तेस्रो हुनुभएको छ ।

रेस्सोका अध्यक्ष हितमान पुनको अध्यक्षता, एभरसाईनिङ आवासिय उच्च मावि बुटवल १४ नयाँ गाउका प्राचार्य मिन बहादुर पुनको प्रमुख आतिथ्यमा भएको महोत्सव उद्घाटन समारोहमा रेस्सोका सचिव बाबुराम पौडेल,ज्ञानपुञ्ज बोर्डिङका प्राचार्य तोयाराम पौडेल,एलवि नमूना एकेडेमीका प्राचार्य मुकुन्दराज उप्रेती, समिट बोर्डिङका कोशिश बहादुर  बोगटी भोजराज पौडेल,टोपराम पौडेल,विनोद ज्ञवाली,शिवरा मभारती लगायतले शुभकामना मन्तब्य ब्यक्त गनुभएको थियो । माघ २९ गतेसम्म संचालन हुने रेस्सो खेल महोत्सवमा क्रिक्रेट,भलिबल,दौड,निबन्ध ,बक्तृत्वकला,हाजिरी जवाफ लगायतका प्रतियोगिता संचालन हुने जनाईएको छ । महोत्सव अवधिभर छुटाछुट्टै स्थानमा कार्यक्रम हुने छ । महोत्सवको समापन माघ २९ गते एलवि नमूना एकेडेमि बुटवल १५ जितगढीमा हुने आयोजकले जनाएका छन् ।

Posted by Butwalonline on 5:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेस्सो खेल महोत्वस शुरु"

Leave a reply