भैरहवामा जारी प्रदर्शनीमा बित्यि क्षेत्रमा आकर्षण बढ्दो
बिनोद परियार,भैरहवा ,मंसिर २२- हिजोदेखि सिद्धार्थ रागशाला भैरहवामा सुरु भएको लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलामा निर्माण गरीएको छुट्टै फाईनान्स जोन आर्कषणको केन्दं्र बनेको छ ।
उक्त जोनमा १८ वटा बिभिन्न बैकले मेला अवलोकन गर्न आउने दर्शकलाई बैकको सेवा र सुबिधाका बारेमा जानकारी दिने मेला आयोजक सिद्धार्थनगर उद्योग बाणिज्य साघका उपाध्यक्ष ऋषिकेश अग्रवालले बताउनुभयो ।
फाईनान्स जोनमा बैकमा कसरी खाता खोल्ने भौचर कसरी भर्नै बारेमा समेत जानकारी गराईने फाईनान्स जोनका सायोजक बिजय पाण्डेले बताउनुभयो । मेला अबधीभर मेला स्थलमै भैरहवाका बिभिन्न कलेजका बिद्यार्थीलाई बौक साम्बन्धी तालीम समेत प्रदान गरिने भएको छ । मेला अवलोकन गर्न आउने ग्रामीण क्षेत्रका कृषकलाई बौकहरुले दिएको सेवा सुबीधाका बारेमा जानकारी नभएकोले उक्त जोनमा ग्रामीण भेगकका कृषकलाई बौक साम्बन्धी सबै जानकारी दिईने अग्रवालले बताउनुभयो । यसैबिच मेलाको दोस्रो दिन आज करीब पााच हजार दर्शकले मेला अवलोकन गर्नुका साथै करीब दश लाखको कारोबार भएको मेला सचिवालयले जनाएको छ ।