|

यौन चाहना पुरा गर्न पुरुषले केटा खोजेपछि ...


काठमाडौ, चैत्र २४ - समलिङगी बीच यौन इच्छा पुरा गर्न एक अर्का बीच यौनसम्पर्क भएको खबर सुनिन्थ्यो । उनीहरू पुरूष-पुरूष बीच पनि यौन चाहना पुरा गर्छन । यस्तै घटना समलङगी बीच नभई श्रीमती साथ बस्दै आएका एक अधबैशे पुरूषले आफनो यौन चाहना पुरा गर्न पैसा दिएर युवाहरू प्रयोग गर्ने गरेको रहस्य बाहिर आएको छ । एक जनाले मात्रै उनको चाहना पुरा गर्न नसकेपछि दुई जना समेत प्रयोग गरेका छन । यो कुनै दुर्गमको घटना होइन । राजधानी स्थित गंगबुको हो । जापानबाट केही बर्ष बिताएर नेपाल फर्केका अन्दाजी ४५ बषिर्य नाम परिवर्तन -राजन) ले दुई बर्षदेखि सशस्त्र प्रहरी बलमा कार्यरत एक प्रहरी जवानलाई होमो सेक्स गराउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राजनले मलद्धार्मा लिङग छिराए यौन इच्छा पुरा गर्ने गरेको अनुसन्धानबाट खुलेको एक प्रहरीले बताए । सशस्त्र प्रहरी कालिन्चोक गण किर्तिपुरमा कार्यरत एक जवानले दुई बर्षदेखि उनको इच्छा पुरा गर्ने गरेको पाइएको छ । दुई बर्ष अघि याहुमा च्याट गर्ने क्रममा चिनजान भएका उनीहरूले प्रहरीलाई बताएका छन । 'च्याट गर्ने क्रममा यौन इच्छा पुरा गर्दिए बापत रकम दिने प्रस्ताप आएपछि ति जवान उनकै घरमा जाने गरेको रहेछन,'अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
उनको इच्छा पुरा गर्न ति जावान बिदा मिलाएर गंगबु स्थित घरमा आउने गरेका थिए । राजनको श्रीमती र छोरा छोरी समेत छन । छोराछोरीको बिबाह समेत भइसकेको छ । घरमा श्रीमती नभएको बेला सशस्त्र प्रहरीका जवानलाई बोलाएर यौन इच्छा पुरा गर्ने गरेको रहेछ,' अनुसन्धानमा खटिएका परिसरका एक प्रहरीले भने,'त्यस बापत राजनले ति जवानलाई खाना, खाजा खुवाउने र पैसा पनि दिने गरेका रहेछन ।' प्रहरी जवानले मात्रै उनको इच्छा पुरा नगरेपछि साथी खोजेर ल्याउन भने । त्यस अनुसार ति जवानले पनि नुवाकोट घर भएका पाठक थरका ३३ बषिर्या युवालाई लिएर जाने गरेका थिए । राजनले पटक-पटक यौन इच्छा पुरा गरेबापट ४० हजार रूपैया दिने सर्त राखेका थिए । उनले आवफनो चाहना पुरा गरेपनि सर्त बमोजिम रकमका लागि भने भाका सार्ने गरेको ति जवानले प्रहरीलाई बताएका छन । पैसा नदिएपछि प्रहरी जवान र उनका साथी दुबै जना चैत १४ गते राजनकै घरमा पुगे । दुबैले पालै पालो यौनसम्पर्क गरे । बेलुका साढे पाच बजे खाना खाए । पेय पदार्थ पनि खाए । त्यसमा राजनले पैसा नदिएको रिसमा पेय पदार्थमा बेहोस हुने मिसाएर खुवाए । त्यसपछि साथमा रहेको नगद र ससुनका गरगहना लुटे । उनलाई सुरूमा रेडबुल र पछिा कोकाकोलामा नसालु पदार्थ खुवाएर बेहोस भएको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।
घटना भएको केही घण्टा पछि मात्रै राजन होसमा आए । अनि उनले आफू लुटिएको जानकारी प्रहरीलाई जानकारी गराए । उनले तीन लाख बराबर चोरी भएको प्रहरीमा जाहेरी दिए । उनले आफू लुटिएको जाहेरी दिएपनि उनीहरूबाट आफनो यौन चाहना पुरा गरेको जानकारी भने प्रहरीलाई दिएको थिएन । प्रहरीले चैत २० गते सशस्त्र प्रहरीमा कार्यरत जवान सहित दुई जनालाई नियन्त्रणमा लिएपछि यो रहस्य बाहिर आएको हो । 'राजनको यौन इच्छा पुरा गरेको रकम नदिएपछि बेहोस बनाएर समान लुटेको हो भन्ने बयान दिएका छन,' एक प्रहरी अधिकारीले भने । उनीहरूको बयानको आधारमा पीडित भनिएका राजनलाई पनि सोधपुछ गर्दा आफूले बर्षौदेखि उनीहरूबाट यौन इच्छा पुरा गर्ने गरेको बताएको ति प्रहरी अधिकारीले बताए ।
नयाँ बसपार्कबाट पक्राउ परेका उनीहरूले चोरी गरेको तोसिबा कम्पनिको ल्यापटप, मोवाइल २ थान, नगद ४ हजार ५ सय ५० र गडी थान बरामद गरेको प्रहरीले जनाएको छ । चोरी गरेको सुनको दुई तोला सिक्रि भने बिक्रि गरिसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । राजनले दुबै जनालाईं कारबाही हुनु पर्ने भन्दै हनुमानढोकामा उजुरी दिएपनि आफूले उनीहरूबाट यौन इच्छा पुरा गरेको बारेमा कतै उल्लेख छैन ।
मकर श्रेष्ठ- कान्तिपुर दैनिकबाट साभार गरिएको ...

Posted by Butwalonline on 6:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यौन चाहना पुरा गर्न पुरुषले केटा खोजेपछि ..."

Leave a reply