जुनसुकै कामका लागि आफ्नै बिशेष स्थान हुन्छन् । तर, बैंशले मात्तिएर बेडरुम पुग्न पनि हतार भएझैं सार्वजनिक स्थलमा कारभित्रै काम बिगार्दा एक जोडीको ज्यान गएको छ ।अमेरिकाको न्यूजर्सीमा हालै एक नौजवान जोडी हराएपछि खोजी सुरु भयो । खोज्दै जाँदा उनीहरुलाई घरको ग्यारेजमा कारभित्र मृत अबस्थामा भेटियो ।
२४ बषिर्य जर्ज रोडि्रगुज र २५ बषिर्य मेलिसा पेरिरा गाडीमा मृत अबस्थामा भेटिए । उनीहरु दुवै जना नग्न थिए र प्राण त्याग्नुअघि यौन कार्यमा लिन भएको प्रष्ट बुझिन्थ्यो ।आखिर कारभित्र यौन कार्य गर्दा कसरी ज्यान गयो यो जोडीको ?
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले कारभित्र संर्सग गर्ने क्रममा एसी खोलेको र त्यहाँबाट उत्पादित कार्वन मोनोअक्साइडका कारण उनीहरुको ज्यान गएको निष्र्कष निकालिएको छ ।
चिसो कारलाई तताउन उनीहरुले हिटर चलाएको अनुमान गरिएको छ । परिवारले उनीहरु हराएको सूचना प्रहरीलाई दिएपछि खोजी तिब्र पारिएको थियो ।ओनलाइन खबर
विश्वमा सबैभन्दा बलवान गुप्तांग भएकी महिला रुसकी तातियाना कोझेभ्नीकोभा हुन् । जिम्न्यास्टिक खेलाडि समेत रहेकी तातियानाले आफ्नो गुप्तांगले १४ किलोको भार उठाएर राखेको विश्व किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
योनी भारत्तोलनकी विश्व किर्तिमानी तातियानाले हालै एक टेलिभिजन शो मा प्रत्यक्ष रुपमा आफ्नो योनीले भार उठाएर सबैलाई छक्क पारिन् । तातियानाले त्यस क्रममा योनीको मांशपेशीले अठ्याएर भार उठाउने विधिका विषयमा पनि सविस्तार चर्चा गरिन् ।
आफ्नो गुप्तांग पहिले अरु महिलाकै जस्तो सामान्य रहेको भन्दै उनले २० वर्षो अथक मिहिनेतपछि यतिसारो बलियो बनाएको उनी बताउँछन् ।
काठमाडौँ, चैत ६ - एउटा कुकुरको भिडियो अहिले युट्युबमा निकै लोकप्रिय हुँदैछ। ४८ सेकेन्डको भिडियोमा कुकुरले आइ लभ यु भनेको जस्तो सुनिन्छ। भिडियो ८ करोडभन्दा बढीले हेरिसकेका छन्। एक लाखभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन्।मिसिका नामको त्यही कुकुरको नाममा खोलिएको फेसबुक पेजमा साढे ३ लाखभन्दा बढीले लाइक गरेका छन्।
यो कलि युग हो । महाभारतकालिन द्धापर युग होइन । त्यसैले महाभारतका पात्र पाण्डव तथा पाँच भाइकी साझा श्रीमती द्रौपदी हुने कुरा भएन । तर तर भारतको देहरादूनमा भने अहिलेपनि एक द्रौपदी अस्तित्वमा छिन् । देहरादुनमा एउटा यस्तो गाउँ छ जहाँ एक महिला पाँच दाजुभाइकी साझा श्रीमतीको रुपमा रहेकी छिन् ।
ती कलियुगकी द्रौपदी आफ्ना पाँच श्रीमानका साथ खुसीसाथ जिवन बिताइरहेकी छिन् । उनको कोखबाट एक छोराको जन्म पनि भएको छ ।
ती महिला आफ्ना पाँचजना श्रीमानहरुसँग रातिमा पालैपालो सुत्छिन् । अर्थात् एक रात जेठा सँग सुतेपछि अर्को रात माहिलासँग सुत्ने पालो । तेश्रो रात साहिँलो, चौथो कान्छो र पाँचौँ रात कान्छो श्रीमानको ओछ्यान तताउने उनको कर्म हो । त्यसैले आफ्नो छोराको बाउ कुन चाहीँ हो भन्ने उनलाई पत्तो छैन ।
राजो बर्मा नामकी ती महिलाको उमेर २१ वर्षको छ । ती पाँच भाइ पाण्डव र उनीहरुकी साझा श्रीमती आफ्नो झुपडीमा बस्दै आएका छन् । सुरुमा पाँचजना श्रीमानकी श्रीमती हुँदा आफुलाई अनौठो लागेपनि अब भने सामान्य लाग्न थालेको उनी बताउँयिछन् ।
पाँच दाजुभाइ मध्ये जेठाको उमेर ३२ वर्ष छ र कान्छाको उमेर २१ वर्षको रहेको छ । कान्छा भाई गुड्डुका अनुसार उनीहरु राजोसँग पालैपालो सम्भोग गर्छन् र एक भाइसँग राजो सुतेको बेला अरुले इष्र्या गर्दैनन् ।
मान्छे अरुभन्दा केही अलग र नयाँ कुरा गरेर देखाउन इच्छुक हुन्छ । इच्छुक नहोस् पनि किन । नयाँ कुरा गरेपछि ऊ चर्चाको केन्द्र बन्छ । तर सबैले नयाँ कुरा गर्न कहाँ सक्छन् र ? तर चीनको एक जुत्ता कम्पनीले भने साँच्चीकै नयाँ र अनौठो काम गरेको छ ।
यो जुत्ता कम्पनीले विश्वमा सबैभन्दा बलियो जुत्ता उत्पादन गरेर नयाँ काम गरे की भन्ने सोँच्नुहोला । तर होइन, मजबुत जुत्ताका कारण नभई अनौठो जुत्ता बनाएका कारण यो कम्पनीले चर्चा पाएको हो ।वास्तवमा यो कम्पनीले जुत्तामै इलेक्टि्रक कार बनाइदिएको छ । जो सबैका लागि नौलो कुरा हो । यो जुत्तारुपी इलेक्टि्रक कार एक भयानक जुत्ताकै आकारमा छ, छालाको जुत्ता जस्तै । यो जुत्ता कारमा दुइ जना मान्छे चढ्न सक्छन् । यो प्रतिघण्टा २० किलोमिटर सम्म कुँद्न सक्छ । यो कारमा एउटा ब्याट्री हुन्छ, जसको उर्जाबाट कार चल्छ । ब्याटी चालकको सिटको ठ्याक्कै मुन्तिर राखिएको छ । यो कारको बडी सबै छालाबाट बनाइएको छ र जुत्ता आकारभित्रै सबै अरु मेसिन फिट गरिएको छ ।
यो अनौठो कार जुत्ता निर्माण गर्ने कम्पनी केंग शू का अनुसार यो कारजुत्ता बनाउन ६ महिना लागेको हो । जसको निर्माणका लागि झण्डै ५ लाख रुपैयाँ लागेको छ । यो दश फिट लामो र ३ फिट उचाइको छ । शू नुमा कार नाम दिइएको उक्त कारलाई कम्पनीको प्रबर्धनका लागि बनाइएको हो । साभार : ओनलाइन खबर
अमेरिकाको लस भेगासमा एक २३ वर्षे युवती आफ्नै घर अगाडि घरकै कुकुरसँग सेक्स गर्दै गरेको अवस्थामा फेला परेकी छिन् । कारा भान्डेरेक नामकी ती युवती घरको आँगनमा नांगै भएर कुकुरसँग सम्भोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीहरु घरको गेट खोलेर हस्तक्षेप गर्नका लागि नजिकै आउँदा समेत ती युवतीले परवाह नै नगरी कुकुरसँगको पाक्क्रिडालाई निरन्तरता दिएकी थिइन् । आफु द्धिलिंगी भएको बताउने ती युवती नशामा लटि्ठएको र सुरुमा आफ्नो नाम समेत भन्न नसकेको बताइएको छ । ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर उनी विरुद्ध उजुरी दर्ता गरेको छ भने बरामद गरिएको कुकुरलाई जनावर नियन्त्रण कार्यालयमा बुझाइएको छ । साभार : ऑनलाइनख़बर
स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा । धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ ।
कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् ।
लोग्नेले आफ्नो आँखा छलेर अर्कै केटीसँग मस्ती गरिरहेको गाइँगुइँ सुनेकी ती महिलाले सोही रिसको झोँकमा लोग्नेलाई बराल्ने उसको लिंगमाथि रिस पोखिन् । न्युयोर्क डेलीमा छापिएको खबर अनुसार योलिवेल लोपेज नामकी महिलाले
आफ्नो लोग्ने नेफर नेतनमाथि यस्तो अत्याचार गरेकी हुन् । एक जना महिलाले फोन गरेर आफु नेफरको रखौटी भएको र आफुहरुबीचमा सेक्स पनि भएको भन्ने कुरा लोपेजलाई बताएपछि रिसले चूर बनेकी लोपेजले लोग्ने सुतेको मौका पारी उसको लिंगमाथि तातो पानी वर्षाइन् ।
साथीसँग रमाइलो भेटघाट तथा रमाइलो गर्नका लागि भन्दै अघिल्लो रात बाहिरै बसेका नेतन अर्को दिन बिहानै घर आए । रातभरी मस्तीमा बिताएका नेतन बिछौनामा पल्टिए र निदाए पनि । लोग्ने सुतेको मौका पारी लोपेज भान्सामा गइन् र एक भाँडा पानी तताइन् । पानी उम्लिएपछि उनले भाँडैसित लोग्ने
सुतेको ठाउँमा तातो पानी ल्याइन् । त्यसपछि उनले एकाएक लोग्नेको गुप्तांगमा भल्किएको पानी खन्याइदिइन् । तातो पानीले नराम्ररी पोलेपछि नेतन चिच्याउन थाले । त्यसपछि छिमेकीहरु जम्मा भएर उनलाई अस्पताल लगे । तातो पानीले पोलेर लिंग नराम्ररी क्षतविक्षत भएको बताइएको छ ।स्रोत :ऑनलाइनख़बर
बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।
यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।
सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।स्रोत : ओन लाइन खबर
परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले ।
समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् ।सन्डे टाइम्स पत्रिकामा छापिएको खबर अनुसार हालै भोकमरी ग्रस्त एक वृद्धले भोकमरीबाटै मरेको नातिको लास चिहानबाट निकालेर त्यसको मासु खाएर भोक शान्त पारेका छन् । उत्तर कोरियाका जेलहरुमा समेत भोकमरी फैलिएको र मान्छेले मान्छे खाने घटना सुरु भैसकेको समाचार छ ।
एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।
स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।स्रोत : ओनलाइन खबर
दोहा– दोहा आउादै गर्दा कतार एअरवेजको उडानका क्रममा मदिराले मातेर अशोभनिय र उश्रृंखल ब्यवहार गर्ने एक ब्यक्तिलाई अपराधसम्बन्धि एक अदालतले १ बर्ष कैद र १ हजार कतारी रियाल जरिवानाको सजाय दिएको छ । मदिरा सेवन गरी मात्तिएर आएको अन्दाजी ३५ बर्षको एक ब्यक्तिले ‘एअर होस्टेस’हरूलाई दुब्र्यवहार गरेको थियो ।
अभियोगको विवरण अनुसार सो ब्यक्तिले शुरुमा मात्तिएको ढट्टा शैलीमा कुराकानी गरेपछि ओठमा जवर्जस्ती चुम्बन लिएको थियो । मदिरा पिएको ब्यक्ति भएका कारण उसको ब्यवहारलाई शान्त पार्ने प्रयासस्वरुप सो उश्रृंखलता माफ गरिएको थियो । तर, लगत्तै उ वासरुममा पुगेर ढोका खुल्लै राखेर आफुलाई निर्वस्त्र पारेर हास्दै र चिच्चाउादै नांगै फर्केपछि अरु यात्रीहरू आश्चार्यमा परेका थिए । ठुलो संख्यामा रहेका महिला र वालबालिका समेतका अगाडी नग्न र जथाभावी ब्यवहार प्रदर्शन गर्दै सो जाड्याहाले फेरि पनि ‘एअर होस्टेस’हरूलाई दुब्र्यवहार शुरु गरेको थियो । एअर होस्टेसलाई पछाडीबाट धाप मार्न थालेपछि सो ब्यक्तिको दुब्र्यवहार कप्तानलाई अवगत गराइएको थियो । कप्तानले दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित निकायलाई खवर गरेपछि जहाज अवतरण हुने वित्तिकै उसलाई प्रहरीद्वारा गिरफ्तार गरिएको थियो । विमानमा ‘एअर होस्टेस’हरूलाई यौनजन्य दुब्र्यवहार गरेको र मुस्लिम भएर पनि मदिरा सेवन गरेको अभियोगमा अदालतले तत्काल सो सजाय तोकेको थियो ।
हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।
भारतको राजस्थान राज्यको झरखण्डकी एक महिलाले आफ्नो छोरीलाई लिलामीमा राखेर साढे ६ लाख भारुमा बेचेकी छिन् । खरिद विक्रि सम्झौता दश रुपैयाँ स्टाम्प कागजमा गरिएको छ र रकम किस्तामा दिने सहमति भएको छ । पहिलो किस्ता बराबर २ लाख भने आमाले लिइसकेकी छिन् ।
जन्म दिने आमाले बेचेको थाहा पाएपछि बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले पुलिसलाई खबर गरिदियो ।
प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन् ।
उनका अनुसार बालिकाको विवाह माधोपुरमा एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।
बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ । स्रोत :ऑनलाइन खबर
स्कटल्याण्डको एक पुस्तकालयले मानिसमा पठन संस्कृतिको विकाश होस् र पुस्तकालाय धाउने मानिसहरुको संख्या बढोस् भन्ने हेतुले अनौठो जुक्ति लगाएको छ । पुस्तकालयले मानिसहरुलाई पुस्तकालायमा तान्नका लागि निशुल्क पोल डान्सिङको कक्षा संचालन गरेपछि त्यसले निकै विवाद र चर्चा कमाएको छ ।
पुस्तकालयमा निकै कामूक तथा अश्लील लाग्ने पोल डान्सको कक्षा संचालन गर्ने मात्र होइन पुस्तकालयले किताबलाई टेनिस ब्याटको रुपमा प्रयोग गरी पुस्तकालभित्रै टेनिस खेल्न पाउने सुविधा समेत प्रदान गरेको छ ।
समाचार अनुसार पुस्तकालय आउने पाठकको मन बहलाउन तथा पढाइमा अभिरुची जगाउन स्थानीय कलाकारले उत्तेजक पोल डान्सको प्रस्तुती दिन्छन्, बुकी टेबल टेनिस भनिने खेलमा किताबलाई टेबल टेनिसको ब्याटको रुपमा प्रयोग गर्न सकिन्छ भने त्यहाँ पोल डान्स हेर्दै उपन्यास लेख्ने प्रतियोगिता पनि हुन्छ । यतिमात्र होइन पुस्तकालयमा पढ्न जानेले मसाजको सुविधा पनि लुट्न पाउँछन् । स्तवमा यस्ता रोचक सत्र दिनभरी नै चलिरहन्छन् तर पाठकले पुस्तकालयभित्र नपढीकन खाली यस्तै उट्पट्याड काममा भाग लिन मात्र भने पाउँदैन । निश्चित समयसम्म पढेर बँचेको समयमा यस्तो मनोरञ्जक काममा भाग लिन पाइन्छ ।
यो कार्यक्रमका सुरुवातकर्ताहरुले यसलाई विश्वमै पहिलो प्रयास भएकेा दाबी गर्दै यसले मानिसलाई पुस्तकालयमा गएर पढ्न प्रेरित गर्ने बताएका छन् । पुस्तकालय अभियन्ताहरुले भने पोल डान्स नौलो भएपनि खासै आपत्तिजनक नभएको तर किताबलाई टेनिस ब्याटको रुपमा प्रयोग गर्ने कुरा साँच्चीकै पुस्तकको अवमुल्यन भएकेा र निकै खराब कुरा भएको बताउँछन् । सरकारी अधिकारी तथा स्थानीय प्रतिनिधहरुले पनि पुस्तकालयको उक्त कमदको प्रतिरक्षा गरिदिएका छन् ।साभार ऑनलाइन खबर
माघ १० – ब्राजिलमा सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना महिला सहकर्मीको अपमान गर्ने एकजना प्रहरी अधिकृत निलम्बनमा परेका छन् ।
रियो दि जेनेरियो प्रहरी चौकीका निरीक्षक पेड्रो पाउलो पिन्होले ट्वीटरमा आफ्नो चौकीमा कार्यरत १४ जना महिला प्रहरीमध्ये एक जनामा मात्रै प्रहरीका लागि आवश्यक पर्ने प्रतिभा, साहस र दृढता रहेको उल्लेख गरेका थिए ।
त्यसलगत्तै सामाजिक सञ्जाल मार्फत महिला सहकर्मीको अपमान गरेको आरोपमा उनलाई बर्खास्त गरी उनको ठाउँमा महिला अधिकारीलाई नियुक्त गरिएको छ । प्रहरी निरीक्षक पिन्होले आफ्नो आशय महिलाको अपमान गर्नु नभएको भन्दै आफ्नो ट्वीटलाई गलत व्याख्या गरिएको दावी गरेका छन् ।
प्रहरी चौकीमा कार्यरत एक जना महिला प्रहरीको लामो समय देखिको गलत व्यवहारका कारण दिक्क भएपछि त्यस्तो ट्वीट गरेको उनको भनाई छ । ती महिला प्रहरीले काम नगरी ट्वीट गरेर बसेकाले आफुले पनि ट्वीटरमार्फत प्रहरीको कामका लागि प्रतिभा र दृढता आवश्यक पर्ने भन्दै व्यंग्य गरेको स्वीकारेका छन् ।
रियो द जेनेरियो प्रहरी प्रमुख मार्था रोचाले ती प्रहरी निरीक्षकको व्यवहार प्रहरी चौकीका प्रमुखका लागि अशोभनीय भएको र मातहतको जनशक्ति व्यवस्थापनमा कमजोर देखिएकाले उनलाई बर्खास्त गरिएको बताउनुभएको छ ।स्रोत उज्यालो नेटवर्क
अस्ट्रेलियाको एडिलेडमा गएको आइतबार अचम्मको खेलकुद भयो । न्यूड ओलम्पिक नाम दिइएको उक्त प्रतियोगितामा झण्डै ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि भए । के तन्नेरी के पाका सबै उमेरका महिला पुरुष खेलाडिहरु नांगै खेलकुदमा भाग लिएका थिए ।
एडिलेडको मस्लिन तटीय क्षेत्रमा भएको प्रतियोगितामा एथलेटिक्सका विभिन्न स्पर्धाका साथै कुस्ती खेल पनि समावेश थियो ।नांगो ओलम्पिकको लामो इतिहास छ । सन् १९८३ देखि निर्वस्त्र ओलम्पिक प्रतियोगिता सुरु भएको हो । यद्यपि प्रायोजक नहुँदा सन् २००७ देखि यो प्रतियोगिता हुन सकेको थिएन । आयोजकहरुले यो पाला बल्लतल्ल प्रायोजक जुटाएर खेलाडिहरुलाई नांगिने अवसर प्रदान गरे ।
यो पटक बिहान साढे एघार बजे सुरु भएर अपरान्ह साढे ४ बजेसम्म चलेको प्रतियोगितामा २० खेल समावेश थिए ।निर्वस्त्र ओलम्पिकको सबैभन्दा आकर्षणको विषय भने उत्कृष्ट नितम्ब प्रतियोगिता भयो । त्यस्तै स्याक रेसमा पनि उत्साहपूर्ण सहभागिता रहयो ।साभार ऑनलाइन खबर
टन्न पैसा कमाउने सपना बोकेर बिदेश पुगेका कतिपय नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।
आरम्भ फिल्मस् कतारको निर्माणमा तयार भएको ‘द्धध् आफ्नै बाटोहरु’ नामक लघु चलचित्रको सोमबार यू-ट्युब मार्फत सार्वजनिक भएको हो । Work( काम), Weather(मौसम) Wine (रक्सी) , Women(महिला) बाट सचेत हुनुपर्ने सन्देश यो लघु चलचित्रले दिएको छ ।
‘यस लघु चलचित्र मार्फत बिदेशमा बस्ने नेपालीहरुको वास्तविकतालाई देखाउन खोजिएको छ’ चलचित्रका व्यवस्थापक तथा कलाकार देव तिमिल्सिनाका अनुसार ’विदेशमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ र संयम अपनाउन पर्छ भन्ने चेतना जगाउन खोजिएको हो ।’
यस चलचित्रका निर्देशक उद्धव राई हुन् । ‘हामी कतारमा रहेका युवाहरुले आआफ्नै ढंगले रकम संकलन गरेर यो काम गरेका हौं, व्यापारिक उदेश्य होइन’ तिमिल्सिनाले भन्नुभयो, ‘व्यापारिक उद्देश्य नभई जनचेतना जगाउने अभियानअन्तर्गत नेपाली युवाहरु आफैं कलाकार बनेर र रकम जुटाएर लघु चलचित्र बनाइएको हो ।’
स्रोत : ऑनलाइन खबर
काठमाडौं, माघ ८ - सामान्यतः भुस्याहा कुकुरको रात सडकपेटी या कुनाकाप्चामा बित्ने गर्छ। कमलादी गणेशस्थानका २१ कुकुर भने मासु-भात खाएर सिरक डस्नामा सुत्ने गरेका छन्।
यी कुकुरलाई आफ्नै सन्तानझैं स्नेहले हुर्काइरहेकी छिन् गणेशस्थान मन्दिर परिसरमा बस्दै आएकी ५४ वर्षीया ज्ञानी देउलाले। ‘मन्दिर दर्शन गर्न आएकाहरू कुकुरका छाउरा छाडेर हिँड्थे,' उनले भनिन्, ‘तिनै बेवारिसे बच्चालाई माया गरेर हुर्काउँदै आएको छु।'
मन्दिरमा फूल बेचेर जीविका चलाउँदै आएकी उनले त्यसैबाट कुकुरलाई खानेकुरा किन्ने गरेको सुनाइन्। ‘दैनिक सय रुपैयाँको मासु, दुई किलो चामल र चिया-बिस्कुट किन्ने गरेको छु,' उनले भनिन्, ‘मन्दिरमा आएका भक्तहरूले पनि केही बिस्कुट किनिदिने गरेका छन्।'
देउलाले यी कुकुरलाई सिरक डस्नासमेत व्यवस्था गरेकी छिन्। कुकुर पनि दिनभरि उनकै पछि लाग्छन्। उनले भनेका सबै कुरा मान्छन्। उनीसँगै सुत्छन्। देउला पनि आफूलाई यी कुकुरहरूको आमा भन्न रुचाउँछिन्। इमान्दारिता कारण आफूलाई कुकुर औधि मन परेको उनले बताइन्।
‘स्वर्ग जाने पनि यिनै कुकुर, चन्द्रमा जाने पनि यिनै', उनले भनिन्, ‘यिनैलाई कतिपयले घाँडो सम्झेर मन्दिरमा ल्याएर छाड्ने गरेका छन्।' कुकुरले दिउसोको खाजाका रूपमा दुध र बिस्कुट खानेको गरेको सुनाइन्। देउला मन्दिर आउने भक्तलाई कुकुर नछाड्न आग्रह गर्छिन्। ‘मलाई यिनै कुकुर पाल्नसमेत समस्या छ,' उनले भनिन्, ‘अरु पाल्न सक्दिनँ होला।' साभार : नागरिक न्यूज
अमेरिकाको सिकागो विमानस्थलमा मान्छेका १८ वटा टाउका फेला परेका छन् । इटालीबाट पठाइएका प्याकमा १८ वटा मान्छेका टाउका भेटिएको घटनाले सबैलाई त्रसित समेत बनायो । एयरपोर्टका अधिकारीहरुले चेकजाँचको क्रममा फेला पारेका ती टाउका कसका हुन् र त्यसरी विभत्स रुपमा किन अमेरिका पठाइयो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छन् ।
अन्ततः ती मानव टाउका वैज्ञानिक अध्ययनका लागि दान गरिएको र नष्ट गर्नका लागि अमेरिका पठाइएको तथ्य खुलेको छ । इटालीको रोममा अनुसन्धान सम्पन्न भएपछि त्यसलाई अनुसन्धान संस्थाले व्यवस्थित रुपमा अमेरिका पठाएको अधिकारीहरुले बताए ।
अमेरिकी अधिकारीहरुले बेवारिसे मानव टाउका सिकागो एयरपोर्टमा आएको भन्ने हल्ला अस्विकार गर्दै व्यवस्थित रुपमा कार्गो गरेरै इटालियन कम्पनीले डिस्पोजलका लागि मानव टाउका पूर्व जानकारी सहित पठाएको स्पष्ट पारेका छन् । सुरुमा ती मानव टाउका पठाइएको विषयका कागजात यताउती परेकाले केही भ्रम भने भएको ती अधिकारीले स्विकार गरे ।साभार :ऑनलाइन खबर
सुन्दा पनि लाजै लाग्ने भन्या । एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा खानुपरो।
यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो । मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।
अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा दुव्र्यवहारमा संलग्न भएको आरोपमा ती पुरुषलाई १ वर्षसम्म निगरानीमा समेत राखिएको छ । श्रीमतीलाई लिंगले प्रहार गर्ने काम दोहोराएमा कडा सजाय गरिने चेतावनी अधिकारीहरुले दिएका छन् । ती पुरुषका वकिलले भने ती महिलाले अनलाइनमा भेटिएका एक पुरुषलाई भेट्न पाकिस्तान जाने योजना बनाएपछि रिसाएर थोमसले श्रीमतीलाई झपारेको दाबी गरेका छन् ।साभार :ऑनलाइन खबर
काठमाडौं, ६ माघ । चलचित्र निर्देशक समेत रहेका श्याम भट्टराईलाई आफ्नै पत्नी नायिका रञ्जजना शर्माले सामाजिक सञ्जाल फेसबुकमा ‘बल्क’ गरेकी छन् ।
रञ्जनाले पति श्यामलाई शुक्रबार आफ्नो फेसबुकमा ‘बल्क’ गरेकी हुन् । कामको शिलशिलामा अमेरिका बस्दै आएकी रञ्जनाले पति श्यामलाई आफ्नो फेसबुकबाट हटाउनु मात्रै होइनकी बल्क नै गरेकी हुन् । पतिलाई फेसबुकमा ‘बल्क’ गर्नुको कारण बारेमा रञ्जनाले केही बताएकी छैनन् ।
पति श्यायसँग रञ्जनाको केही बर्षयता आन्तरिक समस्या रहँदै आएको छ । यस अघि पनि रञ्जना र श्याम अलग–अलग बस्दै आएका थिए । पारिवारिक दवाव पछि दुबै पुनः उनीहरु सँगै बस्दै आएका हुन् ।
रोजगारीको शिलशिलामा रञ्जना अमेरिका गए पछि पुनः श्यम र रञ्जना पछि मनमुटाव सुरु भएको थियो ।
नयाँ बानेश्वरस्थित हाईटमा बस्दै आएको रञ्जना र श्यामको जोडी धेरै लामो समय एकसाथ रहन नपाउँदै पटक–पटक विवादित हुँदै आएको थियो ।
पति भट्टराईले आफ्नो फेसबुक मार्फत आफूलाई रञ्जनाले बल्क गरेको गुनासो गरेका हुन् ।
‘रञ्जना शर्माजीले आफ्नो ओरजिनल फेसबुक आईडीबाट मलाई बल्क गर्नु भएको थाहापाएर आज झन् बढि खुसी लाग्यो,’ भट्टराईले लेखेका छन्, ‘बडेबडे देशमा ऐसा छोटी–छेटी बाते होती रहेती हैं ।’ उनले अगाडि भनेका छन्, ‘मेरो नयाँ विहानी पनि अब अलि खुकुलो भएको हो की ?’
शुक्रबार राति करीव आठ बजेको समयमा उनले सो ‘स्टाटस’ फेसबुकको भित्तामा लेखेका थिए ।
सो ‘स्टाटस’लाई लाईक र कमेन्ट गर्नेको ओईरो समेत लागेको छ ।
रञ्जनालाई नेपाल टेलिभिजनबाट प्रसारित उतिबेलाको चर्चित टेलिसिरियल ‘जानकी’ मार्फत रजतपटमा प्रवेश गराएका श्यमले पछि उनैलाई विवाह गरेका थिए । कालोवर्णकी रञ्जनाको महत्वकांक्षी दवावका कारण श्यामले उनकै लागि ठूलो पर्दाका नेपाली चलचित्र समेत निर्माण गरिसकेका छन् ।
पछि चलचित्रमा नायिका भए लगत्तै रञ्जनाले पति श्यमलाई वेवास्ता गर्न थालेको उनकै सहकर्मी नायिकाहरु बताउ छन् । रञ्जनालाई नायिका बनाउन ठूलो हात श्यामकै रहेको उनका सहयोगीहरुको भनाई छ ।
पछिल्लो समय ‘लंका’ नामक चलचित्र निर्माण गरेर चर्चामा रहेका श्यामलाई आफ्नै पत्नीको व्यवहार देखेर दिक्का मानेका छन् । ‘लंका’ले राम्रै व्यापार गर्नुका साथै श्यामलाई राम्रो उचाईमा पुराई दिएको छ ।
अमेरिकामा रहेकी रञ्जना तीन–चार बर्ष भईसकेको छ त्यहाँ बस्न लागेको । हाल उनी अर्कै पुरुषसँग नजिकिँदै गरेको विभिन्न अनलाईन पत्रिकाहरुले टिकाटिप्पणी गरेका छन् ।साभार : सौर्य दैनिक
युवायुवतीलाई पोर्न सामाग्री हेर्ने लत बस्ने गरेको कुरा त सुनिएकै हो । तर हुँदाहुँदा बाँदरलाई समेत ब्लु फिल्म हेर्ने बानी बसेको खबर सुन्नुपरेको छ । हो, स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीलाई टेलिभिजनमा ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने लत बसिसकेको छ ।
सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामाग्री प्रशारण हुने टेलिभिजन च्यानल हेर्न मन पराउँछ । अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गरेर मज्जाले हेर्नेगर्छ ।
चिडियाघरको त्यस चिम्पाञ्जी मानिसको अश्लील सामाग्री हेर्ने लतमा फसेको कुरा एकजना बाँदरविज्ञ पाब्लो हेरेओसले पत्ता लगाएका हुन् ।
चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनले त्यहाँ रहेका जिवजन्तुहरुको आनीबानीको सर्भे गरेका थिए । त्यसक्रममा उनले गिना चिम्पाञ्जीको बानी व्यहोरा देखेर तिनछक परे । त्यो पोथी चिम्पाञ्जी त्यसरी अश्लीलताको पारखी छ भन्ने कुरा आफुले कल्पना सम्म नगरेको उनी बताउँछन् ।
चिम्पाञ्जीमा स्वभावतः यौन इच्छा हुने र त्यो लगभग मानिसकै सँग मिल्ने भन्दै उनले चिडियाखानाको पिञ्जडामा एक्लै थुनिएर बसेको उक्त चिम्पाञ्जीले यौनको भोक मेटाउन पोर्न सामाग्री हेर्न मन गर्ने गरको ठहर गरे । उसलाई यौनेच्छा पूर्तिका लागि विभिन्न खेलौनाहरु लगायतका सामाग्री दिनुपर्ने उनको सुझाव छ ।
यसैबीच गिनाको चाहनालाई मध्यनजर गरी उसको रातलाई रंगीन बनाउन चिडियाखानाका अधिकारीहरुले उक्त चिम्पाञ्जी राखिएको कोठामा टेलिभिजन जडान गरिदिने निर्णय गरे । चिम्पाञ्जीले मात्र हेर्न सक्ने गरी उक्त कोठामा टेलिभिजन जडान गरियो र रिमोट कन्टोल पनि कोठामै राखियो ।
गिनालाई पनि मज्जै भयो रातको समयमा आफैले रिमोट चलाएर च्यानल चेन्ज गर्दै टिभीमा पोर्न च्यानल खोलेर आनन्दका साथ अश्लील दृश्यहरु हेर्न पाएको छ ।स्रोत ऑनलाइन खबर