न्यूड ओलम्पिकमा ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि
अस्ट्रेलियाको एडिलेडमा गएको आइतबार अचम्मको खेलकुद भयो । न्यूड ओलम्पिक नाम दिइएको उक्त प्रतियोगितामा झण्डै ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि भए । के तन्नेरी के पाका सबै उमेरका महिला पुरुष खेलाडिहरु नांगै खेलकुदमा भाग लिएका थिए ।एडिलेडको मस्लिन तटीय क्षेत्रमा भएको प्रतियोगितामा एथलेटिक्सका विभिन्न स्पर्धाका साथै कुस्ती खेल पनि समावेश थियो ।नांगो ओलम्पिकको लामो इतिहास छ । सन् १९८३ देखि निर्वस्त्र ओलम्पिक प्रतियोगिता सुरु भएको हो । यद्यपि प्रायोजक नहुँदा सन् २००७ देखि यो प्रतियोगिता हुन सकेको थिएन । आयोजकहरुले यो पाला बल्लतल्ल प्रायोजक जुटाएर खेलाडिहरुलाई नांगिने अवसर प्रदान गरे ।
यो पटक बिहान साढे एघार बजे सुरु भएर अपरान्ह साढे ४ बजेसम्म चलेको प्रतियोगितामा २० खेल समावेश थिए ।निर्वस्त्र ओलम्पिकको सबैभन्दा आकर्षणको विषय भने उत्कृष्ट नितम्ब प्रतियोगिता भयो । त्यस्तै स्याक रेसमा पनि उत्साहपूर्ण सहभागिता रहयो ।साभार ऑनलाइन खबर