|

ट्वीटरमा लेखेको कमेन्टले प्रहरी अधिकृत निलम्बनमा

माघ १० – ब्राजिलमा सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना महिला सहकर्मीको अपमान गर्ने एकजना प्रहरी अधिकृत निलम्बनमा परेका छन् ।

रियो दि जेनेरियो प्रहरी चौकीका निरीक्षक पेड्रो पाउलो पिन्होले ट्वीटरमा आफ्नो चौकीमा कार्यरत १४ जना महिला प्रहरीमध्ये एक जनामा मात्रै प्रहरीका लागि आवश्यक पर्ने प्रतिभा, साहस र दृढता रहेको उल्लेख गरेका थिए ।

त्यसलगत्तै सामाजिक सञ्जाल मार्फत महिला सहकर्मीको अपमान गरेको आरोपमा उनलाई बर्खास्त गरी उनको ठाउँमा महिला अधिकारीलाई नियुक्त गरिएको छ । प्रहरी निरीक्षक पिन्होले आफ्नो आशय महिलाको अपमान गर्नु नभएको भन्दै आफ्नो ट्वीटलाई गलत व्याख्या गरिएको दावी गरेका छन् ।

प्रहरी चौकीमा कार्यरत एक जना महिला प्रहरीको लामो समय देखिको गलत व्यवहारका कारण दिक्क भएपछि त्यस्तो ट्वीट गरेको उनको भनाई छ । ती महिला प्रहरीले काम नगरी ट्वीट गरेर बसेकाले आफुले पनि ट्वीटरमार्फत प्रहरीको कामका लागि प्रतिभा र दृढता आवश्यक पर्ने भन्दै व्यंग्य गरेको स्वीकारेका छन् ।

रियो द जेनेरियो प्रहरी प्रमुख मार्था रोचाले ती प्रहरी निरीक्षकको व्यवहार प्रहरी चौकीका प्रमुखका लागि अशोभनीय भएको र मातहतको जनशक्ति व्यवस्थापनमा कमजोर देखिएकाले उनलाई बर्खास्त गरिएको बताउनुभएको छ ।स्रोत उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " ट्वीटरमा लेखेको कमेन्टले प्रहरी अधिकृत निलम्बनमा "

Leave a reply