|

माओवादी र प्रतिपक्षी दुवै 'शक्ति प्रदर्शन' को तयारीमा झडप हुनसक्ने संभावना

दैलेख,माघ १० - माओवादी र प्रतिपक्षी दुवै 'शक्ति प्रदर्शन' को तयारीमा लागेकोले दैलेखमा झडप हुनसक्ने चिन्ता बढेको छ। संभावित झडपलाई ध्यानमा राख्दै ५ सयभन्दा बढी प्रहरी र सशस्त्र प्रहरी त्यहाँ खटाइएको छ। माओवादीले पनि २२ ट्रक वाइसिएल दैलेख सदरमुकाममा उतारेको छ। दैलेखस्थित नागरिकन्युजकर्मी गोविन्द केसीका अनुसार प्रहरीकै स्कर्टिङमा वाइसिएल बोकेका ट्रक आज बिहान ५ बजे सदरमुकाम भित्रिएको हो। बाटो अवरुद्ध गर्न ढालिएका रुखहरु पन्छाउँदै हिजो हिँडेका उनीहरु आज आइपुगेका हुन्।

माओवादीले आज मध्याह्न १२ बजे काँडाचौरमा आमसभाको आयोजना गरेको छ भने त्यहाँबाट पैदल १५ मिनेटको दूरीमा प्रतिपक्षी दलहरुले आमसभा गर्ने भएका छन्।

प्रतिपक्षी दलहरुले आज पनि त्यहाँ बन्दको आह्वान गरेका छन् भने घर-घरमा कालो झण्डा राखिएको छ। बिहानैदेखि प्रतिपक्षीहरुले नारा जुलुस गरिरहेका छन्।

पत्रकार डेकेन्द्र थापाका हत्याका अभियुक्तहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएपछि दैलेखमा केही समयअघिदेखि तनाव बढेको हो।स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 7:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादी र प्रतिपक्षी दुवै 'शक्ति प्रदर्शन' को तयारीमा झडप हुनसक्ने संभावना "

Leave a reply