दालमोठ कारखानामा आगलागी हुँदा झण्डै दश लाख रुपैयाँ बराबरको क्षति
भक्तपुर, माघ १० – भक्तपुर नगरपालिका सानोब्यासीमा रहेको दत्तात्रय दालमोठ कारखानामा मंगलबार राती आगलागी हुँदा झण्डै दश लाख रुपैयाँ बराबरको क्षति भएको छ ।बिद्युत सर्ट हुँदा आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
आगलागीबाट दालमोठ बनाउने तीनवटा मेसिन, कच्चा पदार्थ र अरु सामानहरु जलेर नष्ट भएका छन् । भक्तपुर जुद्ध बारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयबासिन्दाको प्रयासबाट बुधबार विहान ४ बजे मात्र आगो नियन्त्रणमा लिइएको थियो ।स्रोत उज्यालो नेटवर्क