मदिराले मत्तिएर ‘एअर होस्टेस’लाई ओठमा चुम्बनगरे पछि
दोहा– दोहा आउादै गर्दा कतार एअरवेजको उडानका क्रममा मदिराले मातेर अशोभनिय र उश्रृंखल ब्यवहार गर्ने एक ब्यक्तिलाई अपराधसम्बन्धि एक अदालतले १ बर्ष कैद र १ हजार कतारी रियाल जरिवानाको सजाय दिएको छ । मदिरा सेवन गरी मात्तिएर आएको अन्दाजी ३५ बर्षको एक ब्यक्तिले ‘एअर होस्टेस’हरूलाई दुब्र्यवहार गरेको थियो ।
अभियोगको विवरण अनुसार सो ब्यक्तिले शुरुमा मात्तिएको ढट्टा शैलीमा कुराकानी गरेपछि ओठमा जवर्जस्ती चुम्बन लिएको थियो । मदिरा पिएको ब्यक्ति भएका कारण उसको ब्यवहारलाई शान्त पार्ने प्रयासस्वरुप सो उश्रृंखलता माफ गरिएको थियो । तर, लगत्तै उ वासरुममा पुगेर ढोका खुल्लै राखेर आफुलाई निर्वस्त्र पारेर हास्दै र चिच्चाउादै नांगै फर्केपछि अरु यात्रीहरू आश्चार्यमा परेका थिए । ठुलो संख्यामा रहेका महिला र वालबालिका समेतका अगाडी नग्न र जथाभावी ब्यवहार प्रदर्शन गर्दै सो जाड्याहाले फेरि पनि ‘एअर होस्टेस’हरूलाई दुब्र्यवहार शुरु गरेको थियो । एअर होस्टेसलाई पछाडीबाट धाप मार्न थालेपछि सो ब्यक्तिको दुब्र्यवहार कप्तानलाई अवगत गराइएको थियो । कप्तानले दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित निकायलाई खवर गरेपछि जहाज अवतरण हुने वित्तिकै उसलाई प्रहरीद्वारा गिरफ्तार गरिएको थियो । विमानमा ‘एअर होस्टेस’हरूलाई यौनजन्य दुब्र्यवहार गरेको र मुस्लिम भएर पनि मदिरा सेवन गरेको अभियोगमा अदालतले तत्काल सो सजाय तोकेको थियो ।