दोहा बैंक विलियन रियाल नाफामा
दोहा– दोहा बैंकको गत बर्षको शुद्व नाफा १ दशमलव ३०५ विलियन कतारी रियाल रहेको घोषणा गरिएको छ । दोहा बैंक टावरमा गत आइतवार आयोजित एक पत्रकार भेटघाटमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकारी डा. आर सिथारमनले बार्षिक वित्तिय नतिजा सार्वजनिक गर्दै बर्ष २०१२ मा दोहा बैंकको शुद्व नाफा ५ प्रतिशतले बढेर १ दशमलव ३०५ विलियन कतारी रियाल पुगेको घोषणा गरे ।कतारको चौथो सवैभन्दा ठुलो कर्जा प्रवाहक दोहा बैंकको शुद्व नाफा बर्ष २०११ मा १ दशमलव २४१ विलियन कतारी रियाल थियो । ‘राम्रो नतिजाको कारण हो– बजारका अवसरहरूमा हामीले लिएको सहि नीति †’ डा. सिथारमनले भने ।
बैंकको चुक्ता पूाजीको ४५ प्रतिशत ‘क्यास डिभिडेन्ड’ वा प्रतिसेयर ४ दशमलव ५ कतारी रियाल वितरण गर्ने निर्णय बैंकको सञ्चालक बोर्डले लिएको जानकारी पनि उनले दिए । उनले दिएको आाकडा अनुसार दोहा बैंकमा निक्षेप ८ दशमलव ५ प्रतिशतले बढेर ३४ दशमलव ४ विलियन कतारी रियाल पुगेको छ । दोहा बैंकको कुल सम्पत्ती (टोटल एसेट्स) अघिल्लो बर्षभन्दा ४ दशमलव ७ प्रतिशतले बढेर ५५ दशमलव २ विलियन कतारी रियाल पुगेको डा. सिथारमनको आाकडामा उल्लेख छ । डा. सिथारमनले हरेक वित्तिय सुचकहरूमा दोहा बैंकको ‘उत्साहप्रद बृद्विदर’ देखिएको औंल्याए ।

