|

इजिप्टलाई हराउादै नेपाल विजययात्रामा

दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’मा नेपालले इजिप्टविरुद्वको खेलमा शशक्त प्रदर्शन गर्दै विजययात्रामा लम्केको छ ।

इजिप्टसंग भएको खेल नेपालले २–० ले जितेको छ । दुवै सेटमा २५–१७ को सहज बिजय हासिल गरेको नेपालले अव अघिल्ला प्रतिद्वन्दीहरूलाई चुनौती थुपार्दै लगेको छ । लेवननसंगको खेल पनि २–० ले जितेको नेपाल इजिप्टसंग शुरुबाटै बलियो मनोवलमा प्रस्तुत भएको थियो । निलो जर्सीमा उत्रेको नेपाललाई दर्शकको अपार समर्थन र प्रतिस्पर्धाकै उत्कृष्ट मध्येका एक स्टार हिरोशीको बलियो स्पाइकको आधारले थप मजबुत बनाएको थियो ।

गत बर्ष दोश्रो स्थान हासिल गर्न सफल रहेको नेपाल यस बर्ष पहिलो स्थानको दावेदारीमा रहेको छ । ११ जनवरीबाट आयोजना भएको यो लिगमा नेपाली टोलीले शानदार विजयी शुरुवात गरेपछि खेलाडी, पदाधिकारी र समर्थकहरू उत्साहित छन् । ‘उपाधि हासिल गर्ने लक्ष्य रहेको र सोही अनुरुप गतबर्षको तुलनामा राम्रो अभ्यासको साथ उत्कृष्ट खेलाडीहरुलाई चयन गरिएको’ टिम म्यानेजर बुद्ध लामाले बताएका छन् । गत बर्षको उपाधि विजेता सुडान यसपाली समावेश नरहेको अवसस्थामा नेपालको निकटतम प्रतिस्पर्धी भारत रहेको छ । ‘भारतलाई परास्त गर्न खेल प्रविधीमा नेपालले केहि कसरत गर्नुपर्ने र सोही अनुरुप नेपाली टिम पनि आफुलाई मैदानमा उतार्नुपर्ने भएकोले हामीले जुक्ति खेलमा बढी ध्यान दिइरहेका छौं’ लिगका टेक्निकल मेम्बर तथा यहाास्थित नेपाली समाजका अगुवा सागर नेपालले बताए ।

गत शुक्रवारको अर्को प्रतिस्पर्धामा कतार फाउण्डेशनले मोवासलात टोलीलाई २–० ले पराजित गरेको छ भने लेवननले फिलिपिन्ससंग २–० को पराजय स्विकारेको छ । शुक्रवारकै अन्तिम खेलमा कतार क्लव जुनियर्स भारतले रोचक प्रदर्शन गरे । भारतका पुर्व राष्ट्रिय खेलाडी अजिजका स्वादिला स्पाइकको प्रेरणामा भारतले २–० को विजय हात पार्‍यो । अव शुक्रवार कतार फाउण्डेशन र फिलिपिन्सविच प्रतिस्पर्धा हुादैछ ।
८ टोली, ३६ खेल
यसपालीको लिगमा कतार फाउण्डेशन पनि सामेल भएपछि अव सहभागी टोलीको संख्या ८ र कुल खेलको संख्या ३६ पुगेको छ । नेपाल, भारत, फिलिपिन्स, इजिप्ट, लेवनन, मोवासलात, कतार क्लब्सको सहभागितााम शुरु भएको लिगमा कतार फाउण्डेशनले सहभागिता सुनिश्चित गर्नुका साथै लिगमा विजयको स्वाद पनि चाखिसकेको छ । सावित विजेता सुडान यसपाली लिगमा सहभागी नरहेकोले उपाधिका लागि प्रतिस्पर्धा रोचक बनेको छ । नेपाल गत बर्षको उपविजेता हो ।
५ अप्रिलमा सम्पन्न हुने लिगमा २८ बटा खेलपछि लिगको पहिलो चरण सम्पन्न हुनेछ र ४ टोली बाहिरिनेछन् भने दोश्रो चरणमा ८ वटा खेल हुनेछन् । लिगमा उपाधीका लागि फाइनल खेल पनि खेलाइने छ । शुक्रवार, ५ अप्रिलमा अल अरवी क्लवमा हुने अन्तिम खेलमा लिग विजेताको चयन हुनेछ । यस बर्ष लिग विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो स्थानमा रहनेले ५ हजार कतारी रियाल धनराशीको पुरस्कार जित्नेछन् ।

Posted by Butwalonline on 5:28 PM. Filed under , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजिप्टलाई हराउादै नेपाल विजययात्रामा"

Leave a reply