विदेश जानेले बच्नुपर्ने ‘चार डब्ल्यू’ (भिडियो)
टन्न पैसा कमाउने सपना बोकेर बिदेश पुगेका कतिपय नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।
‘यस लघु चलचित्र मार्फत बिदेशमा बस्ने नेपालीहरुको वास्तविकतालाई देखाउन खोजिएको छ’ चलचित्रका व्यवस्थापक तथा कलाकार देव तिमिल्सिनाका अनुसार ’विदेशमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ र संयम अपनाउन पर्छ भन्ने चेतना जगाउन खोजिएको हो ।’
यस चलचित्रका निर्देशक उद्धव राई हुन् । ‘हामी कतारमा रहेका युवाहरुले आआफ्नै ढंगले रकम संकलन गरेर यो काम गरेका हौं, व्यापारिक उदेश्य होइन’ तिमिल्सिनाले भन्नुभयो, ‘व्यापारिक उद्देश्य नभई जनचेतना जगाउने अभियानअन्तर्गत नेपाली युवाहरु आफैं कलाकार बनेर र रकम जुटाएर लघु चलचित्र बनाइएको हो ।’ स्रोत : ऑनलाइन खबर