|

बाँकेमा मातृ मृत्युदर न्यून

हेमराज भट्ट, बाँके- मंसिर २८। नेपालमा अझै पनि ग्रमिण क्षेत्रमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्य कर्मीहरु नहुदा विशेष गरेर गर्भवती महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

जनसख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार गत बर्ष नेपालमा १ लाख गर्भवती मध्ये १ सय ९३ जनाको अकालमा मृत्यु भएको थियो यसैगरी नवजात शिशु मध्ये २ सय २७ जनाले जन्मेको २९ औं दिन देख्न पाएका थिएनन् । मातृ मृत्युदरको यस्तो भयावह अवस्थालाई रोक्न नेपाल सरकारले ग्रमिण क्षेत्रमा स्वास्थ्इ केन्द्र तथा उप स्वास्थ्य केन्द्रहरु थप्ने कार्यलाई तिब्रता दिएको छ तथापी विभिन्न कठीनाईका कारण प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् । स्रोत साधनको कमी तथा विकटताकारण स्वास्थ्य सामाग्रीहरु ढिला पुग्नु तथा स्वास्थ्य कर्मीहरु बस्न नरुचाउनु लगायतका कारणले पनि यो अवस्था थप बल्झिएको देखिन्छ तर समग्र नेपालको तुलनामा बााकेमा भने यो अवस्था सुधारोन्मुख भएको बताईएको छ । नेपालमा प्रति बर्ष प्रति हजार ३३ नवजात शिशु र ४६ शिशु को अकालमै ज्यान जाने गरेपनि बााकेमा भने प्रति हजार प्रतिबर्ष १९ नवजात शिशुले अकालमै ज्यान गुमाउने गर्दछन् जुन अनुपातिक रुपमा कम हुन आउछ । बााके जिल्लामा अनुमानित बार्षिक १३ हजार महिला गर्भवती हुने गर्दछन् । यो आर्थिक बर्षमा जिल्ला जनस्वास्थ्य कार्यालय बाकेले राप्ती पारिका सबै गाविसमा प्रसुति सेवा केन्द्र स्थापना गरिने जानकारी दिएको छ । गंगापुर, कटकुंईया, नरैनापुर, कालाफाटा र मटैया गाविसमा प्रशुति सेवा केन्द्र स्थापनाको पहल भैरहेको बताईएको छ भने लक्ष्मणपुर, फत्तेपुर, विनौना र बैजापुरमा यस्तो केन्द्र सञ्चालनमा रहेको छ ।

जिल्लामा सञ्चालीत समुदायमा आधारित नवस्वास्थ्य कार्यक्रम तथा नवजात शिशु स्याहार कार्यक्रम मार्फत आएको जागरुकताले बाँकेजिल्लाका शिशु मृत्युदरमा कमी आएको जिल्ला जन स्वास्थ्य कार्यालय बााकेको भनाई छ ।

नेपाल सरकारले सन् २०१५ सम्ममा मातृ मृत्युदरलाई प्रतिलाख १ सय ३४ मा झार्ने लक्ष्य लिएको छ । तर सबै क्षेत्रबाट यसको रोगथाम तथा कार्यक्तम प्रति ध्यान नदिए यो सम्भव देखिदैन । देशको ग्रामीण भेगहरु सम्म दक्ष स्वास्थ्य कर्मी तथा उपकरणहरु उपलब्ध गराउन जरुरी छ भने जिल्लाको स्वास्थ्य अवस्था र त्यसप्रति चाल्न सक्ने कदमहरु प्रति सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय चनाखो भएमा नेपाल सरकारले २०१५ सम्म लक्ष्य लिएको मातृ मृत्युदर लाई पुरा गर्न सकिने देखिन्छ ।

नवजात शिशु मृत्यु संक्रमण, कम तौल र जन्मदा निशास्सिने गरि तीन कारणले हुने हुदा अस्पताल, प्राथमीक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकीमा गएर प्रसुती सेवा लिएमा जोखिक निकै कम गर्न सकिने बताईन्छ जसका लागि सबैले जागरुक र सचेत हुन जरुरी देखिन्छ । बााके जिल्लामा जस्तै देशभरीबाट मातृ शिशु मृत्युदर कम गर्न सबैले जुट्नु जरुरी छ ।

पछिल्लो समयमा नवजात शिशु मृत्युदर घटाउन संसार भरी नै चलीरहेको एभ्री वान अभियानले थप सहायता मिल्ने विश्वास लिएको छ । यस अभियान अन्तरगत प्रचार मार्फत परिचालन, राजनैतिक बृतमा वकालत, अर्थ संकलन तथा स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु चलीरहेका छन् । जसलाई प्रभावकारी र लोकप्रीय बनाउनका यो कार्य प्रयाप्त नभएको र थप कार्य गर्न सबै मिलेर अगाडी बढ्न जरुरी देखिन्छ ।

Posted by Butwalonline on 7:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँकेमा मातृ मृत्युदर न्यून"

Leave a reply