|

जिप दुर्घटना हुँदा १३ जना घाइते,एकको अवस्था गम्भीर


गुल्मी, मंसिर २८ - सिमलटारीबाट तम्घास आउँदै गरेको जिप बुधवार अर्खले ६ मसिनापोखरीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते मध्ये सिमीचौर ७ का ३६ वर्षीय राजेन्द्र प्रतापको अवस्था गम्भीर छ । घटनामा  अम्मरपुर २ का २४ वर्षीय ढालबहादुर कुँवर, १८ वर्षीर्ये विकास मुखिया, ४० वर्षीय इन्द्रबहादुर मुखिया, २० वर्षीया लाली नेपाली, २३ वर्षीय धनबहादुर कुमाल, २१ वर्षीय दिपक कुमाल, ४ वर्षीया रेनुका कुमाल, हस्तिचौर ८ का १७ वर्षीया शान्ता सुनार घाइते छन् ।
त्यस्तै तम्घास १ की ४३ वर्षीय प्रेमकुमारी श्रेष्ठ, सिमीचौर ७ का ३० वर्षीर्ये अरुण प्रताप, वाग्ला ९ का १५ वर्षीया मनिषा नेपाली घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
                                                                                                                                           स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटना हुँदा १३ जना घाइते,एकको अवस्था गम्भीर"

Leave a reply