|

छोरी भगाएर लैजान नदिएको रिसमा छोरीको बुबाको हत्या

धनगढी, मङ्सिर २८- धनगढीको बसन्तटोलमा १४ वर्षकी नाबालक छोरी भगाएर लैजान नदिएको रिसमा छोरीको बुबा सुरेन्द्र सिंहको हत्या गरेको अभियोगमा प्रहरीले पवन श्रेष्ठ र उनका बुबा सुवर्ण श्रेष्ठलाई खोजी गरिरहेको छ।


सिंह मङ्सिर १८ गते चन्दा दिन धनगढीमा लागेको नवदुर्गा मेलामा गएका बेला ती दुईले मरणासन्न हुने गरी कुटपिट गरेको मृतककी आमा मथुरा सिंहले बताइन्। १८ गते कुटपिटबाट गम्भीर घाइते भएका सिंहको सोमबार साँझ मेडिकल कलेज बाँकेमा उपचार गर्दागर्दै मृत्यु भएको थियो। हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्तले बुधबारसम्म शव बुझेका छैनन्।१८ गते नै प्रहरी फाराम भरेको र २३ गते किटानी उजुरी दिएपनि प्रहरीले श्रेष्ठ बाबुछोरालाई पक्राउ नगरेको आमा मथुराले बताइन्।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त पन्तले सिंहलाई कुटपिट गरेर हत्या गर्ने सुर्वण श्रेष्ठ र पवन श्रेष्ठ फरार भएकोले समात्न नसकेको बताएका छन्।उपचारका क्रममा मृत्यु हुने बित्तिकै उनीहरु फरार भएको उनले बताए।उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ। बुधवार उनको पोष्टमार्टम भएको प्रहरीले जनाएको छ। मृतकका दुई छोरा र एक छोरी छन्। उनी बस व्यवसायी हुन्।
                                                                                                                                     स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 6:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोरी भगाएर लैजान नदिएको रिसमा छोरीको बुबाको हत्या"

Leave a reply