बजेट निकासा नहुदा उद्यारोमा कार्यक्रम
कपिलवस्तु १७ माघ-सरकारले बजेट नपठाए पछ जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले हात्तीपाईले रोग बिरुद्धको अभियान उद्यारोमा संचालन गरेको छ । यही माघ २० देखि २२ गते सम्म संचालन हुने सो रोग बिरुद्धको अभियानका लागि बजेट निकासा नभए पछि उद्योगमा संचालन गरेको हो ।
सो रोग बिरुद्ध बिगत पाँच बर्ष देखि जारी अभियान अन्र्तगत छैठो तथा अन्तिम बर्षकारुपमा जिल्लाव्यापी रुपमा औषधी खुवाइन लागगिएको हो । राष्ट्रिय कार्यक्रम गर्न सरकारले तोकेको छ तर बजेट नआए पछि उद्यारोमा कार्यक्रम गर्न परेको स्वास्थय काायृलयका फोकल पर्सन उदय चन्द चौरसियाले बताउनु भयो । सो कार्यक्रमका लागि सरकारले जिल्लामा करिब ५० लाख रुपैया बजेट बिनियोजन गरेको छ । कार्यक्रम गर्न निर्देशन आए पनि बजेट नआउदा सो कार्यक्रम अन्र्तगत बिभिन्न क्रियाकलाप गर्न अप्ठ्यारो परेको चौरसियाले गुनसो गर्न भयो ।
चौरसिया अनुसार कार्यालयप्रमुख सहीत सरोकारवालाबिच अन्तरक्रिया, राजनीतीक दल र पत्रकार अन्तरक्रिया कार्यक्रमका लागि उद्योरो लिएर कायक्रम गरिएको थियो । त्यस्तै ब्यानर, पम्प्लेट, माईकिङ, पोस्टर, स्ससवयमसेवका तालिम, प्याग लगायत सबै चिज उद्यारोमा लिई काम चलाईएको बताईएको छ ।
जिल्लाका ५ लाख ४१ हजार ३३९ जनालाई मानिसलाई औषधी खुवाउने लक्ष्य रहेको छ । अभियानकाक्रममा घरदैलो अभियान संलान गरी सो रोग बारे जानकारीमुलक ब्रोसर समेत उपलब्ध गराईने छ ।
कार्यालयका केशवराज पंडीतले औषधी खुवाउन जिल्लाभर २ हजार स्वयसेवक तथा ३ सय स्वास्थकर्मी खटाएको बताउनु भयो । हाल सम्म जिल्लामा सो रोगबाट खुट्टा सन्निएका तीन सय २, हाईड्रोसलि भएका सात सय ९७ र अन्यमा एक सय ३२ गरी १२ सय ३१ जना फाइलेरियाको रोगी फेला परेका छन् ।