|

पत्थरकट्टा समुदायलाई नछोएको दशै


किरणमान बज्राचार्य, कपिलवस्तु, ३ कार्तिक-कपिलवस्तुमा रहेका अल्पसंख्यक पत्थकट्टा समुदायलाई मुखैमा आएको दशैले छुन सकेको छैन । अरुहरुले दशै मनाउन विभिन्न तयारी गरिरहेको बेला यहाका पत्थरकट्टालाई भने आफनै कामको चटारो छ । उनीहरुको अनुहारमा नजिकिदै गरेको दशैको कुनै रौनक र उत्साह देखिएको छैन ।

ढुंगाबाट मसला पिस्ने लोहोरो, चनौटो र जातो बनाउने जातिका रुपमा परिचित पत्थरकट्टा भन्छन् दिनभरि काम नगरी हातमुख जोर्न पुग्दैन अनि कसरी दशै मनाउने ? गरीवी, अभाव र विपन्नताको कारण आफूहरुले जीवनमा अहिले सम्म दशै मनाउन नपाएको उनीहरुको भनाई छ । ‘ दशै मनउन त मन लाग्छ तर के गर्ने रकम अभावले कहिल्यै मनाउन पाईदैन । ’ जहदी गाबिसका रामकेवल पत्थरकट्टले मुख निन्याउरो पार्दै भने ‘ एक सरो नयाा कपडा, अनि एक छाक मासु र निधारमा रातो टीका लगाएर परिवारसंग दशै मनाउने रहर त छ तर अभावका कारण हालसम्म त्यो सपना भने पूरा भएको छैन । ’

फाटेको पुरानो झुत्रो कपडामा जीवन निर्भाह गर्दै आएका कपिलवस्तु नगरपालिका – ४ आनन्दबागका छागुरले २ महिना अघि मिहिनेत गरी बनाएको एक दर्जन सेट माल बिक्रीबाट यसपाली त दशै रमाईलो गरी मनाउने सोच बनाएका थिए । तयारी माल एउटा पनि बिक्री नभएको भन्दै छागुरले ‘  मस्ला पिस्ने आधुनिक मेशिन र रेडिमेट मस्ला प्रति सर्वसाधारणको आकर्षित भएकाले माल नै बिक्दैन, छाक टार्न त समस्या भईरहेको छ केले दशै मनाउने निराश हुदै भने ।

शहरमा बिक्न छाडेपछि गाउ गाउ डुलाउदा पनि माल लिन कसैले रुची नदेखाए पछि उनीहरु झनै निराश बनेका छन् । धान, चामल, गहु लगायत अन्नसंग बल्लतल्ल मालसटेर परिवारको गुजारा चलाउदै आएको उनीहरु बताउछन् । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राजयद्धारा प्रदान गरिने सेवाबाट बञ्चि यहाका पत्थरकट्टाले आर्थिक अभावका कारण कुनै पनि चाडवाड राम्ररी मनाउन नपाएको बताए ।

उनीहरुले धनी तथा अरु समुदायले दशैको बेला पकाईने परिबार, नया लुगा, गरेको रमाईलो हेरेर नै चित्त बुझाउन बाध्य छन् ।

मालबिक्री नभए पछि पुखर्यौली पेशा समेत संकटमा परेको उनीहरुको यसपालिको दशै पनि खल्लो भएको छ । जिल्ला विकास समितिका अनुसार अल्पसंख्य जातिको रुपमा रहेको २ सय बढि पत्थरकट्टा परिवारको जिल्लामा बसोबास छ । नेपालको जनगणना २०५८ का अनुसार मुलुक भर कुल ६ सय परिवार पत्थरकट्टा समुदाय मध्ये जिल्लामा सबै भन्दा बढि २ सय परिवार रहदै आएका छन् ।

Posted by Butwalonline on 6:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्थरकट्टा समुदायलाई नछोएको दशै"

Leave a reply