गाबिस कर्मचारीहरु दशैमा पनि तलबबाट बंचित
कपिलवस्तु, ३ कार्तिक-कपिलवस्तुका २० गाबिसका कर्मचारहरु दशैको बेलामा समेत तलबबाट बञ्चित भएका छन् । गाबिस सचिवले निकासाका लागि प्रकृया पुरा गर्न नसकेकोले उनीहरु तलब भत्ताबाट बंचित भएको जिबिसले जनाएको छ ।
जिबिसबाट चौमाकिसरुपमा हुने संचालन अनुदान रकमका लागि गाबिसले गत आबको लेखा परिक्षण गराई जिबिसको आन्तरिक लेखा परिक्षण फााटबाटबाट आर्थिक प्रतिबेदनलाई प्रमाणित गराउनु पर्ने प्रावधान रहेको लेखा फाटले जनाएको छ । सो अनुरुप कागजात पशे गर्न नसकेका गाबिसेका निकासा रोकिए पछि गाबिस कर्मचारीहरु मर्कामा परेका छन् । चार महिनाको तलब नपाए पछि उनीहरु निराश बनेका छन् । जसले गर्दा उनीहरुको यसपालीको दशै खल्लो हुने भएको छ ।
उता गाबस सचिवहरुले संचालन अनुदान निशर्त भएकाले यसमा जिबिसले निकासका लागि जबरजस्ती शर्त लगाई निकासा रोकेको बताए । कार्तिक मसान्त भित्र आलेप गर्नु पर्ने गाबिस संचालन निर्देशिकामा रहे पनि जिबिसले अनाहकमा सो निकासा नदिएको उनीरुको भनाई छ । निकासा बारे बुझ्न जादा आफुहरुसंग लेखा फाटका कर्मचारीहरु रिसाउने गरेको उनीहरुले गुनासो गरे । दशैको बेलामा पनि तलब नापाउनु आफुहरुका लागि निकै पीडादाई रहेको गुनासो गरे । कतिपय गाबिस कर्मचारीलाई गाबिस सचिवले थोर धेर आफ्नो तर्फबाटर रकम दिएका छन् भने तलब नपाएका धेरै जसोले ऋण लिएर काम चलाएको बताएका छन् ।
जिबिसले ७७ मध्ये चार पटक गरी ५७ गाबिसको संचालन अनुदान रकम निकासा गरेको जनाएको छ । लेखा परिक्षण फााटबाट प्रमाणित भई योजना फााटबाट टिप्पणी उठाईएका गाबिसको मात्र निकासा गरिएको लेखा अधिकृत दिनेश थापाले बताए । निकासा नहुनुमा स्वंम सचिवहरु नै जिम्मेवार रहेको उनको भनाई छ ।