ने कांग्रेस जि स रुपन्देहीको जिल्ला सम्मेलन मंसिर ७ गते भैरहवामा
भैरहवा,कार्तिक ३ -नेपाली कांग्रेस जिल्ला समिति रुपन्देहीको आज पार्टी कार्यालय भैरहवामा बसेको बैठकले आगामी मंसिर ७ गते भैरहवामा पार्टीको जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सोही दिन पार्टीमा योगदान गर्ने विभिन्न व्यक्तीत्वहरुलाई सम्मान गर्नको लागि जिल्ला सदस्य प्रकाशचन्द्र ढकालको संयोजकत्वमा ७ सदस्यीय मुल्याङ्कन समिति गठन समेत गरिएको छ । पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले बिजया दशमी तथा सुभ दीपावलीको अवसरमा यही कात्र्तीक १३ गते भैरहवा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले गएको असोज २७ गते सम्पन्न नेपाल दलीत संघ रुपन्दहेहीको अधिवेसनबाट बुद्धिराम हरिजनको नेतृत्वमा निर्बाचित पदाधिकारी, सदस्य एवं महाधिवेसन प्रतिनिधि प्रति बधाई ज्ञापन गर्दै बैठकले सफल कार्यकालको कामना गरेको पार्टी सचिव हिरावहादुर केशीले जानकारी दिनुभयो । यस्तै बैठकले दशै, तिहार, छट र इदउलअजाह लगायतका पर्वहरुको अवसरमा सम्पूर्ण नेपालीहरुप्रति शुभकामना पनि व्यक्त गरेको छ ।