गुल्मीमा आमा समुह तथा युवा क्लवहरुको सक्रियतामा मदिरा न्यूनिकरण अभियान
गुल्मी,कार्तिक ३ - गुल्मीको दर्लामचौर गाविसमा रहेका आमा समुह तथा युवा क्लवहरुले मदिरा न्यूनिकरण अभियान थाल्ने भएको छन् । गाविसमा रहेको टप भिक्टोरियस युवा क्लव र आमा समुह वार्ड ७, ८ र ९ का पदाधिकारीहरुविच भएको छलफलपछि मदिरा न्यूनिकरण अभियान थाल्ने निर्णय उनीहरुले गरेका छन् । पसलहरुले मदिरा विक्री नगर्ने यदी विक्री वितरण गरिएको थाहा पाइएमा पहिलो पटक ६ सयदेखि १ हजार ५ सय रुपैयाासम्म जरिमाना गर्ने र मदिरा सेवन गर्ने व्याक्तिलाई पहिलो पटक २ सयदेखि ६ सय रुपैयासम्म जरिमाना गर्ने निर्णय भएको त्यहाावाटा तकमान विश्वकर्माले जानकारी दिनुभएको छ ।
अभियान सम्पन्न गर्नका लागि एक समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा अध्यक्ष जानुका खनाल, सचिव तकमान विक, प्रचार प्रंमुख तारावहादुर पछाई, सदस्यहरु श्यामकला वोहोरा र कालिका पछाई रहनुभएको छ । कार्यक्रममा वरिष्ठ समाजसेवी तोयनाथ सापकोटाको समेत उपस्थिति रहेको थियो । अध्यधिक मदिरा सेवनका कारण विगतका वर्षहरुमा गाविसभित्र श्रीमानले श्रीमतिको हत्या गर्ने, श्रीमतिले श्रीमानको खुट्टा काट्ने जस्ता नकारात्मक घटनाहरु घटेको भन्दै अवका दिनमा त्यस्ता घटनाहरु नघटोस भन्ने उद्धेष्यले यस्तो अभियान सञ्चालन गरिएको समितिले वताएको छ ।
