गुल्मी जिल्लाको क्षेत्र नम्वर १ को दिवु्रङ्गमा पहिलो पटक आज वस पुग्यो
गुल्मी,कार्तिक ३ - गुल्मी जिल्लाको क्षेत्र नम्वर १ को दिवु्रङ्गमा पहिलो पटक आज वस पुगेको छ। गुल्मीको पूर्वी क्षेत्र अन्तर्गतको विकट मानिने दिव्रुङ्ग गाविसमा पहिलो पटक बस पुगेपछि स्थानीय बासिन्दा हर्सित बनेका छन। यस अघि वुटवलवाट शान्तिपुरसम्म मात्रै बस सञ्चालन हुँदै आएको थियो। वस सेवालाई विस्तार गरी शान्तिपुर हर्राचौर ओलिवाङ्ग हुँदै दिव्रुङ्ग दहसम्म १० किलोमिटर वाटो निर्माण गरेपछि पहिलो पटक गाउँमा वस पुगेको हो।
सडकलाई उपभोक्ता समिति तथा जिल्ला विकास समितिको आर्थिक सहयोगमा विस्तार गरी वस सञ्चालन हुने वनाईएको छ। यस्तै वलिवाङ्ग झारखर्क हुँदै सुखौरामा पनि वस पुगेको छ। पहिलो पटक वस पुगेपछि स्थानीयवासीले फूल मालाले स्वागत गरेका थिए। वस पुगेपछि त्यस आसपासका हजारौँ वासिन्दा लाभान्वित भएका छन।
