लागु औषध कारोवारको नियन्त्रणका लागि कुकुर परिचालन
कपिलवस्तु, १७ माघ-कपिलवस्तु लागु औषध ओसारपोसारको ट्रान्जिट प्वाईन्ट बन्दै गए पछि त्यस बिरुद्ध प्रहरीले जिल्लामा कुकुरबाट ठाउ ठाउमा चेकचाज अभियान शुरु गरेको छ । त्यसका लागि प्रहरीको बिशेष टोलीले तालिम प्राप्त कुकरबाट ड्रग स्पीनीङ डग पद्धतिबाट सीमानाका मर्यादपु्रमा आकस्मिक चेकजेज गरिएको हो ।
पछिल्लो ढेड महिना मै खैरो हेरोईन सहीत पाच जना भारतीय नागरीक पक्राउ परे पछि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर मागार्य सो अभियान थलिाएको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताउनु भयो । उजु नाम सो कुकुर लागु औषध खैरो हेराईन, चरेश, गाजा लगायतका लागू औषधलाई सुगेर पत्ता लगाउन सक्छ । सीमानाकाहरु कृष्णनगर, चाकरचौडा लगायतका स्थानमा सो कुकुर मार्फत खानतलासी र चेकजाच गरिने उहाले बताउनु भयो । अभियनामा सडक सुरक्षा चेकजाज अवधारण आरआएसीसी, खानतलासी र कुकुरmलाई समेत प्रयोग गरिने बताईएको छ ।
भातरको लखनउबाट ब्राउनसुगर भित्रीने र नेपालको पहाडी जिल्लाबाट यहीको नाका हुदै भारत जाने गरेकोले त्यस्ता कारोवारीलाई निरुसात्हीत र नियन्त्रण गर्न समेत अभियानले मद्दत गर्ने बताईएको छ । कारोवारी पक्राउ नपरे पनि तिनीहरुले कम्तमा जिल्लाका नाकाहरुबाट कारोवार गर्न डराउने छन् भन्दै पनि हामीले यो अभियान चलाएका हौ उपरिक्षक ढकालले भन्नु भयो ।