|

भोकले ग्रस्त भएपछि आफ्नै छोरालाई खाए बाबुले

परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले ।

समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् ।सन्डे टाइम्स पत्रिकामा छापिएको खबर अनुसार हालै भोकमरी ग्रस्त एक वृद्धले भोकमरीबाटै मरेको नातिको लास चिहानबाट निकालेर त्यसको मासु खाएर भोक शान्त पारेका छन् । उत्तर कोरियाका जेलहरुमा समेत भोकमरी फैलिएको र मान्छेले मान्छे खाने घटना सुरु भैसकेको समाचार छ ।

एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।

स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।स्रोत : ओनलाइन  खबर

Posted by Butwalonline on 7:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भोकले ग्रस्त भएपछि आफ्नै छोरालाई खाए बाबुले "

Leave a reply