रुपन्देहीमा नवजात शिशुका २ वटा शव फेला
बुटवल, माघ १७ - रुपन्देहीमा नवजात शिशुका २ वटा शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वुटवलको औद्योगिक क्षेत्र अगाडी वोरामा हालेर फालिएको अवस्थामा शव भेटिएको हो । शब दुवै बालिकाको भएकाले प्रहरलिे लिङ्ग पहिचानपछि गर्भपतन गरार शब फालिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
समय पुगेपछि गर्भपतन गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय वुटवलले जनाएको छ । स्थानीयवासिन्दाले वोरामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।यसअघि गत पुसमा पुष्पलाल पार्क नजिकै गर्भपतन गराएर फालिएका शिशुका कंकाल फेला परेका थिए ।स्रोत : उज्यालो नेटवर्क