|

६ दिने सहभागितात्मक सहकारी ब्यवस्थापन लेखापालन तालिम शुरु

लक्ष्मण पोखरेल,ब्ुटवल, १४ फागुन । जिल्ला सहकारी संघ रुपन्देही र डिभिजन सहकारी कार्यालय भैरहवाको संयुक्त आयोजनामा ६ दिने  सहभागितात्मक सहकारी ब्यवस्थापन लेखापालन तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गदै डिभिजन सहकारी कार्यलय भैरहवा प्रमुख रमा आर्चायले सहकारी क्षेत्रको बिकासका लागि संघहरुले सहकारी शिक्षामा जोड दिनु पर्ने धारण राखनु भएको थियो । 
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले राज्यका निकायहरु संग समन्वय गरि सहकारी शिक्षा र तालिम लाई निरन्तररुपमा संचालन गर्ने ब्यवस्था जिल्ला संघले मिलाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमा संघका लेखा समिति संयोजक नेत्र बहादुर पाण्डे, राष्ट्रिय सहकारी बैक बुटवल शाखा प्रमुख नरेश पाण्डे लगाएतले शुभकामना मन्त्वय राखनु भएको थियो । कार्यक्रम संघका शिक्षा समिति संयोजक बिश्व प्रेम काफ्ले को संचालन जिल्ला संघका उपाध्यक्ष डोल प्रसाद अर्यालयको स्वागतमा सम्पन्न भएको थियो । उक्त तालिम सहकारी प्रशिक्षक डा.खगराज शर्मा, गणेश पहारी, चन्द्रकान्त भट्टराई, लक्षुमण पौडेलको सहजिकरणमा हुने बताइएको छ ।  तालिममा जिल्लाका ३० सहकारी संस्थाहरुका ३५ जना प्रशिक्षाथिहरुको सहभागिता रहेको छ ।

Posted by Butwalonline on 6:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "६ दिने सहभागितात्मक सहकारी ब्यवस्थापन लेखापालन तालिम शुरु "

Leave a reply