आगोताप्ने क्रममा कपडामा आगो सल्किएर एक युवती घाईते
नवलपरासी, १७ माघ । नवलपरासीमा आगोताप्ने क्रममा कपडामा आगो सल्किएर एक युवती घाईते भएकी छन् ।गैडाकोट–५ बस्ने बिष्णुप्रसाद उपाध्यायको घर बाहिर आज विहान करीव दुई बजे आगो सल्केर चितवन जिल्ला पदमपुर–८ घर भएकी २२ बर्षीया कौशिला परियार घाईते भएको प्रहरीले जनाएको छ ।आगोले जलेर घाईते कौशिलालाई उपचारका लागि जिल्ला अस्पताल भरतपुरमा लगिएको छ । उनको शरीर जलेको छ ।स्रोत : सौर्य दैनिक