|

बुटवलमा छैठौं राष्ट्रिय प्रा¨ारिक कृषि मेला माघ २६ देखि २९ गतेसम्म

लक्ष्मण पोखरेल, बुटवल ,१७ माघ । नेपाल सरकार र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा छैठौं राष्ट्रिय प्रा¨ारिक कृषि मेला २०६९ हुने भएको छ । बुटवल १२ स्थित बुटवल मण्डपमा यहि माघ २६ देखि २९ गतेसम्म कृषि मेला सञ्चालन हुन भएको हो ।

प्रा¨गारिक कृषि उपज उपभोक्ता समक्ष पु¥याउने र उत्पादित कृषि उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जनाईएको छ । मेला स्थल बुटवल मण्डपमा बुधबार पत्रकार सम्मेलन गरि कृषि मेला बारे जानकारी गराएको हो । स्थानीय ब्यवस्थापक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले बिशिष्टिकृत मेला र त्यसअन्तर्गत  प्रा¨ारिक कृषि मेला आयोजना गरिएको बताउनुभयो ।

उहा“का अनुसार चार दिनसम्म संचालन हुने मेलामा स्थानीय कृषि उपजका साथै मनाङ,मुस्ताङ सहित ३६ जिल्लाका प्रा¨ारिक कृषि उपज प्रर्दशन गरिने छ । पछिल्लो समयमा परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गराउने नाममा रासायनिक मलको प्रयोग बढेको भन्दै त्यसलाई रोक्न र जनचेतना जगाउन मेला आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मेलामा ६० प्रतिशत कृषि प्रा¨ारिक उत्पादन हुने आयोजकको दावी छ । देशभरका विभिन्न ठाउ“मा उत्पादन भएका प्रा¨ारिक कृषि उपजहरुको प्रर्दशन,प्रा¨ारिक कृषि बस्तु,दुग्ध पशुपालन,फलफूल,तरकारी तथा पुष्प ब्यवसाय,मौरी पालन,कुखुरा,मत्य पालन,जडिबुटी अदुवा कफी जस्ता बस्तुहरुको बारेमा जानकारी गराउने मेलाको उदेश्य रहेको छ । मेलामा कृषि सेमिनार र गोष्ठि समेत राखिने महासचिव अनिल श्रेष्ठाले बताउनुभयो । उहा“का अनुसार  प्रा¨ारिक कृषि सुचना केन्द्र स्थापना गर्नुका साथै किसानलाई काम लाग्ने कृषि सामाग्री औजार विउ विजन ह्याचरी दाना पशु औषधीको विक्रि वितरण समेत गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवलराज श्रेष्ठले कृषि प्रधान मुलुकमा कृषि सम्बन्धि मेलाहरु नभएको अवस्थामा उद्योग वाणिज्य संघले आयोजना मेला नमूना भएको बताउनुभयो । सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मेलालाई ब्यवस्थित र किसानमुखी बनाउन सुझाव दिनुभएको थियो । बुटवल उद्योग बाणिज्य संघको स्थानीय ब्यवस्थापन र  नेपाल सरकार कृषि विकास मन्त्रालय,कृषि विभाग,कृषि ब्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहरभवन ललितपुर,क्षेत्रिय कृषि निर्देशानालय पश्चिमाञ्चल पोखरा,जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा मेला आयोजना गरिएको हो । मेलामा १सय २५ देखि १ सय ५० सम्म स्टल राखिने छ । निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको मेलामा निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको छ ।  एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएका छन् ।

Posted by Butwalonline on 7:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा छैठौं राष्ट्रिय प्रा¨ारिक कृषि मेला माघ २६ देखि २९ गतेसम्म"

Leave a reply