महान चाड दशैका अवसरमा सार्बजिक स्थलहरुमा सरसफाई अभियान
कपिलवस्तु, ३० असोज, महान चाड दशैका अवसरमा कपिलवस्तुको तौलिहवाका सार्बजिक स्थलहरुमा सरसफाई अभियान संचालन गरिएको छ । तौलिहवाका मठ, मन्दिर लगायत सार्बजनिक स्थलहरुमा सशस्त्र प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई अभियान चलाएको हो ।
यसैक्रममा मंगलवार घटस्थापनाका अवसरमा सशस्त्र प्रहरी सीमा सुरक्षा सुरक्षा कार्यालय तौलिहवा र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीले संयुक्र रुपमा प्राचिन ताम्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरेको थिए ।
