नेपालमा कालीगढको अभावमा भारतबाट दुर्गा पुजाका मुर्ती भित्रिए
बुटवल, असोज ३० । भारतीय बजारमा निर्भर रहेको दुर्गा पुजाका मुर्तीहरु गत बर्षहरुमा जस्तै यस पटक पनि संयौको संख्यामा नेपाल भित्राईएको छ्र । आईतबार र सोमबार सांझ सम्ममा भैरहवाको बेलहीया नाकाहुदै सयौको संख्यामा दुर्गा पुजाका मुर्तीहरु नेपाल भित्रीएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । आठ हजारदेखी तिस हजार रुपैयासम्म मुल्य पर्ने ति मुर्तीहरु नेपालमा कालीगढको अभावमा भारतबाट नेपाल ल्याउनु परेको बताइन्छ ।
भारतबाट नेपालमा मुर्ती ल्याउदा भन्सार शुल्क बुझाउनु पर्ने भएतापनि ब्यवहारीक हिसावले भन्सार नलिएको एक कर्मचारीले बताए । यसरी सामान्य माटो र परालबाट निर्माण हुने ति मुर्तीहरु ल्याउदा नेपालमा कुशल कालीगढ नहुदा हरेक बर्ष पचास लाख भन्दा बढी रकम भारत जाने गर्दछ । तिन दिनको अवधीमा बेलहीया नाकाबाट तिन सयको हाराहारीमा मुर्तीहरु आएको छ । १५ दिनका लागी निर्माण गरीने दुर्गा मुर्तीहरु कम भन्दा कम गुणस्तरका समान प्रयोग हुने हुदा नेपालको जुन स्थानमा पनि बनाउन सकिने भएता पनि कुशल कालीगढको अभावमा लाखौ रकम भारत जाने गरेको हो ।