|

राष्टपतिलाई सचेत रहन खाणको आग्रह


बाबुराम गैरे, बुटबल,असौज ३०-नेपालि कांग्रसका केन्द्रिय नेता तथा पुर्ब सिंचाईमन्त्रि बालकृण खाणले कुनै एक दलको स्बर्थपुर्तिका लागि राष्टपतिलाई बिबादमा तान्न नहुने बताउनु भएको छ । मुलुकका हरेक समस्याको समाधानका लागि राजनितिक दलहरुनै सहमतिमा आउनुपर्नेमा जोड दिनुभयो ।  नेता खाणले समस्याको समाधान खोज्दै राष्टपतिकोमा गए त्यो घातक हुने भन्दै सतर्क रहन राष्टपतिलाई सुझाब दिनुभएको छ  ।

आनन्दबन शंकरनगर खानेपानि उपभोत्ता तथा सरसफाई संथाको १० औ साधारणसभाका अबसरमा आज ड्राईभरटोलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै खाणले राष्टपतिसंगको भेटमा पनि आफुले बहालाई राजनितिक बिबादमा नफस्न सुझाब दिनेगरेको बताउनु भएको छ । कार्यक्रममा संथाका सल्लाहाकार माधब प्रसाद पाठक, खानेपानि तथा सरसफाई सबडिभिजन रुपन्देहिका प्रमुख नन्दलाल बञ्जाडे, नेपालि कांग्रेसका मनोरमा सेरचन, नेकपा माओबादिका खिमलाल पाण्डे, एमालेका गोपाल भट्टराई, जनमुक्ति पार्टिका बाबुलाल थापा, बासुदेब घिमिरे, नर बहादुर छन्त्याल, आनन्दबन गाबिसका सचिब घनश्याम अर्याल लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 5:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्टपतिलाई सचेत रहन खाणको आग्रह "

Leave a reply