जनजागृति मा.वि. शंकरनगरमा सरस्वतीको मन्दिर शिलन्यास
बुटवल, असोज ३०-हिन्दुहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनामा जनजागृति मा.वि. शंकरनगरमा सरस्वतीको मन्दिर निर्माणका लागि भवन शिल्यानास गरिएको छ । यस क्षेत्रका समाजसेवी तथा विद्यालयका प्रमुख संरक्षक सहवीर कार्की, संस्थापक अध्यक्ष लक्ष्मी शर्मा र संरक्षक जयबहादुर भण्डारीले संयुक्त रुपमा सरस्वती मन्दिरको शिलान्यास गर्नुभएको हो ।
कुल साढे ४ लाख रुपैयाामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा शिलान्यास समारोहमै निर्माणका लागि लाग्ने खर्चको आधा भन्दा बढी रकम दानविरहरुबाट सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो । त्यस्तै सोही समारोहबाट स्थानीय समाजसेवी पुर्णबहादुर के.सी.ले विद्यालय कम्पाउन्डमा विद्यार्थी र कर्मचारीका साईकल राख्ने साइकल स्टान्ड बनाउन एक लाख रुपैयाा बराबरको सामान उपलब्ध गराउने घोषणा गर्नुभएको छ । कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, शिक्षक लोकनाथ पाण्डेको संचालन र वेद प्रसाद शर्माको स्वागतमा भएको थियो ।
