कपिलवस्तु निर्माण व्यवसायी नव निर्बाचित पदाधिकारीको सपथ गह्रण
कपिलवस्तु, ३० असोज, कपिलवस्तु निर्माण व्यवसायी संघमा नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तौलिहवामा आज सपन्न भएको छ । सघंका नव निबाचित अध्यक्ष दिनेश हमाललाई निर्वाचन मण्डलका सदस्य लालमोहर बिश्वकर्माले मार्फत सपथ ग्रहण गराइएका थिए भने अन्यलाई अध्यक्ष हमालले सपथ खुवाएका थिए ।
निर्वतमान अध्यक्ष नेत्र अधिकारीको अध्यक्षता र सुदिप पौडेको सचालनमा सम्पन्न कार्यक्रममा किरण सिहं,प्रताप गिरी,रवि ठाकुर लगातले बोलेको थिए ।कार्यक्रमा वोल्दै निर्माण व्यासायि समाजको एक अभिन्न अगं भएकोले सामाजिक काममा सक्रिय सहभागिता र पेशागत हकहितको् लागि लाग्न आग्रह गरेका थिए । नव विर्वाचित अध्यक्ष हमालले निर्माण व्यासायिको हक हित र सामाजिक विकामा एक जुट भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
