|

लिम्बुवानद्वारा पूर्वका नौ जिल्लामा बन्द,जनजीवन प्रभावित

खाँदबारी, मंसिर २५ - राज्य पुनर्संरचना आयोगमा प्रतिनिधित्व नभएको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषद्ले आईतबार गरेको पूर्वका ९ जिल्ला आमहड्तालको कारण बिहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ ।

सरकार र सङ्घीय लिम्बुवान राज्यपरिषद्‌वीच २०६४ चैत ६ गते भएको पाँच बुँदे सहमतिको ३ नम्बर बुँदामा राज्य पुनर्संरचना आयोग निर्माण गर्दा सङ्घीय लिम्बुवान राज्य परिषद्को प्रतिनिधित्व गराईने उल्लेख भए पनि बुँदा कार्यान्वयन नभएको भन्दै आइतवारबाट पूर्वका नौ जिल्लामा परिषद्ले आमहड्तालको आह्वान गरेको हो ।

हड्तालको कारण संखुवासभा, धनकुटा, सुनसरी ताप्लेजुङ, पाँचथर, ईलाम, झापालगायत पूर्वका ९ जिल्लामा बिहानैदेखि सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार पसल बन्द छन् भने जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिरिने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । बन्दकर्ताहरु सडकमा बन्दको आह्वान गर्दै हिंडिरहेका छन् । संखुवासभा सदरमुकाम खाँदबारी, चेनपुर, तुम्लिङटार लगायतका प्रमुख व्यापारिक केन्द्रका बजार, शिक्षण संस्था र यातायात पुर्ण रुपमा बन्द भएका छन ।
                                                                                                                                                                                            स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "लिम्बुवानद्वारा पूर्वका नौ जिल्लामा बन्द,जनजीवन प्रभावित"

  1. buddha janmeyko desh nepal tara nepalijantaharuko bichaar hernos ta yadi banda gareyra nepalko bikaas hunchha bhaney 2-4 din kina garnu mahina.saal pura garnos........

Leave a reply