|

जनसंपर्क समिति युएईको पहलमा एक जना नेपाली कारबासबाट मुक्त |

भुपराज बस्याल ,युएई, मंसिर २५ -रुपन्देही जिल्ला दिपनगर गाउँबिकास समिति बुटवल निवासी बर्ष ३४को नबिन थापा हाल दुबइ स्थित वेष्ट कम्पनी एलएलसी मा ड्राइभरको रुपमा काम गर्दै आएका थिए|मार्च ३१ २०११ का दिन शेइख जएद रोडमा दुर्घटना हुँदा एक जना पाकिस्तानी नाग्रिकको मृत्‍यु हुन गएको र दुर्घटनामा निज थापाको कुनै किसिमको गल्ती नभए पनि उनलाई स्थानिय सबारी साधन नियम अनुसार पुर्पक्षका लागि बिगत ९ महिना देखी थुनामा राखिएको थियो|निज थापालाई थुना मुक्त गर्नको लागि नेपाली जनसंपर्क समिति युएईले सुरुको दिन देखि नै बिशेष पहल र सकृय भुमिका खेलेको थियो|

यसै क्रममा नेपाली राजदुताबास युएईलाई अनुरोध गरी राजदुताबास युएईको सहयोग र नेपाली जनसंपर्क समिति युएईको बिशेष पहल र सकृयतामा निज थापालाई मिति डिसेम्बर ८ २०११का दिन ९ महिने लामो कारबास सजाय बाट मुक्त गरिएको छ |यस कार्यमा अमुल्य सहयोग गर्ने नेपाली राजदुताबास युएई प्रति नेपाली जनसंपर्क समिति युएई हार्दिक धन्यवाद ब्यक्त गर्दछ |
  
साथै यस् केसलाई सुरुका दिन देखि नै उद्दार गर्न भनि अहोरात्र लागि पर्नु भएका नेपाली जनसंपर्क समिति दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खाली क्षेत्रिय सदस्य नारायण शर्मा र केन्द्रिय कोशाध्यक्ष गुन्जमान गुरुङको बिशेष पहल र सकृय भूमिका रहेको थियो| आगामी दिनहरुमा पनि कुनै पनि नेपाली नाग्रिकलाई कुनै समस्या पर्छ भने त्यती बेला नेपाली जनसंपर्क समिति युएईले सक्दो सहयोग गर्ने प्रतिबद्दता नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र बहादुर केसिले गर्नु भयो
              

Posted by Butwalonline on 7:48 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनसंपर्क समिति युएईको पहलमा एक जना नेपाली कारबासबाट मुक्त |"

Leave a reply