क्षत्री समाजले विभिन्न कार्यक्रमको अयोजना गरि क्षत्री दिवश मनाएको छ
बुटवल, असोज ३०-क्षत्री समाजले विभिन्न कार्यक्रमको अयोजना गरि क्षत्री दिवश मनाएको छ । घटस्थापनाको दिनमा प्रतेक बर्ष क्षत्री दिवस मनाउने समाजको केन्द्रिय कार्यक्रम अनुशार विभिन्न कार्यक्रमको अयोजना गरिएको क्षत्री समाज रुपन्देहीका अध्यक्ष लेख बहादुर कार्कीले जानकारी दिनुभयो । ार्यक्रममा सहभागिले शुभकामना आदानप्रदान गरेका थिए । बुटवल नगर समितिको कार्यालय सुख्खानगरबाट बाजागाजासहितको ऱ्यालीले बजार परिक्रमा गरि सभामा परिणत भएको समाजका जिल्ला सचिव लिल वहादुर क्षत्रीले बताउनुभयो ।
सभास्थलमा निमार्ण गरिएको दुर्गा मन्दिर परिसरमा नवदुर्गाको पुजा आरधाना पनि मंगलबारबाट नै शुरु गरिने समाजले बताएको छ । समाजले यर्सवर्ष भवननिमार्ण स्थलमा मन्दिर स्थापना गरेको छ भने वहुयदेश्य भवन निमार्णका लागि आगामी पुस २० गतेदेखि बुटवल मण्डपमा महायज्ञको अयोजना गरेको छ । हिलपार्क नजिकै रहेको सो भुभागमा समाजल तारवार गरेर भवन निमार्णका लागि स्थान संरक्षण गर्ेको छ ।
