|

बलात्कारीहरुलाई कडा कारवाही गर्न अधिकारकर्मीहरुको दवाव

बुटवल ,१७ माघ-बुटवलको बसपार्कमा एक किशोरीेमाथि सामुहिक बलात्कारमा संलग्न दोषीहरुलाई कडा कारवाही गर्न  अधिकारकर्मीहरुले प्रहरीलाई  दवाव दिएका छन् ।

बलात्कारको घटनालाई अन्तै मोडेर पिडीतमाथि उल्टै दोष थोपर्ने प्रयत्न  भएको प्रति गम्भीर चासो ब्यक्त गर्दै  अधिकारकर्मिहरुले इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर दवाव दिएका हुन् ।

महिलाका क्षेत्रमा काम गर्ने सञ्चारीका समुह लुम्बिनी, ओरेक नेपाल , रेडियो मुक्ति , बर्ड नेपाल, दलित महिला संघ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि राजकुमार बैदवारसंग भेटी सामुहिक बलात्कारको घटनामा संलग्न अभियुक्तलाई कडा कारबाहि गर्न माग गरे ।

सार्बजनिक स्थलमै दिन दाहाडै सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा संलग्न ब्यक्तिहरुलाई निर्दोष सावित गर्ने षडयन्त्र भएको भन्दै दोषिहरुलाई उन्मुक्ति नदिन उनीहरुले आग्रह गरेका हुन् । भेटका क्रममा अधिकारकर्मीहरुले  महिलाहरुको सुरक्षा अबस्था कमजोर रहेको तर्पm सचेत गराउंदै महिलाहरुको सुरक्षाका सवालमा  विशेष कार्यक्रम सञ्चालन गर्न प्रहरीलाई आग्रह गरे ।

विशेषगरि बुटवलको वसपार्क लगायतका आसपासका क्षेत्रमा  सुरक्षा ब्यबस्था कडा बनाउन, सवारी चेकजाचमा कडाइ गर्न र महिलाहरुका समस्यामा ध्यान केन्द्रित गर्न उनीहरुले आग्रह गरे ।

जवाफमा  डिएसपि राजकुमार बैदवारले सामुहिक बलात्कारको घटनालाइ आफुले गम्भीरतापूर्बक लिएको भन्दै घटनामा संलग्नलाई जर्बजस्ती करणीको मुद्धा चलाइएको बताए । उनले यस क्षेत्रको सुरक्षा अबस्थाप्रति आफु प्रतिबद्ध रहेको समेत बताए । भेटमा ओरेक नेपालका पश्चिमाञ्चल संयोजक इन्दिरा आचार्य , सञ्चारीका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल ,सचिब निरु गौतम , कोषाध्यक्ष इन्दिरा भण्डारी,रेडियो मुक्तिका दिपु ज्ञवाली ,बर्ड नेपालका रीमा बिसी, दलित महिला संघका मनु बिक लगायतको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 7:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलात्कारीहरुलाई कडा कारवाही गर्न अधिकारकर्मीहरुको दवाव "

Leave a reply