|

सुरक्षाको माग गर्दै एम्वुलेन्स चालकहरु आन्दोलlत

चितवन, वैशाख २९ - सुरक्षाको माग गर्दै चितवनका एम्वुलेन्स चालकहरु आज आन्दोलlत भएका छन्। विरामी ओसार पसार गर्दा अभद्र व्यवहार गर्दै कुटपिट भएको भन्दै उनीहरुले चितवन जिल्ला प्रशासन अगाडि एम्वुलेन्स राखेर प्रदर्शन गरेका छन्।पाँच दर्जन वढी एम्वुलेन्सहरु अहिले प्रशासन अगाडि छन्।सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिनु परेको एम्वुलेन्स चालक समितिका अध्यक्ष तथा संयुक्त एम्वुलेन्स चालक संघर्ष समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । आजै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।

बन्दकर्ताहरुले मौलाकाली अस्पतालको एम्वुलेन्सका चालक सुनिल श्रेष्ठलाई भरतपुरको मालपोत चोकमा र भरतपुर तामाङ्ग समाजको एम्वुलेन्स चालक चिजकुमार कुमाललाई नवलपरासीको रजहरमा हातपात भएको उनीहले बताए।

वन्दकर्ताहरुले भने एम्वुलेन्समा वाहिरी मान्छे हालेकाले चेकजाच मात्रै गरेको दावी गरेको छ। व्राम्हण क्षेत्री , ठकुरी दशनामी लगायत समुदायले हिजोदेखि गरेको वन्दले चितवनमा आज पनि जनजिवन प्रभावित वनाएको छ। चोकचोकमा वन्दकर्ताहरु लाठी सहित प्रदर्शन गरिरहेका छन्।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 9:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुरक्षाको माग गर्दै एम्वुलेन्स चालकहरु आन्दोलlत"

Leave a reply